कतारसँगको समस्या समाधान गर्न राष्ट्रपति ट्रम्पले साउदी नरेशलाई बोलाए अमेरिका

कतारसँगको समस्या समाधान गर्न राष्ट्रपति ट्रम्पले साउदी नरेशलाई बोलाए अमेरिका

वासिङ्टन :साउदीसहित चार मुलुकले कतार माथि नाकावन्दी लगाएपछि उत्पन्न तनाव समाधान गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी नरेश सल्मानलाई आगामी जनवरीमा अमेरिका बोलाएका छन् । संयुक्त राज्य अमेरिका हाल कतारसँगको कूटनीतिक संकट समाधानका लागि मार्ग खोजिरहेको छ । कतारको उसका छिमेकी मध्यपूर्वी देशसँग पछिल्लो समयमा सम्बन्ध बिग्रिएको छ । त्यसको समाधान गर्न अमेरिकाले चासो देखाएको हो । यस विषयमा दुई नेता वीचको भेटमा वार्ता हुने जनाइएको छ ।


साउदी अरेबियाका नरेश सल्मान आगामी बर्ष सन् २०१८ को सुरुमै अमेरिकाको औपचारिक भ्रमणमा आउन लागेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बिहीबार जानकारी दिएको हो । साउदी नरेश अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि अमेरिका भ्रमणमा जान लागेका हुन ।


राष्ट्रपति ट्रम्प र साउदी नरेश सल्मानबीच फोनमा वार्ता भएको थियो । त्यस वार्ताका क्रमम आगामी सो भेटमा द्विपक्षीय हितको प्रवर्धनका लागि के कसरी रणनीति बनाएर अघि बढ्ने भन्ने बारेमा कुराकानी भएको थियो ।
ट्रम्प र सल्मान वीच मध्यपूर्वमा सुरक्षा र सम्बृद्धिको बारेमा के कसरी द्विपक्षीय रुपमा लाभान्वित हुने भन्ने बारेमा कुराकानी भएको ह्वाइट हाउसद्वरा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

सो विज्ञप्तिमा उल्लेख गरिएको छ– ‘दुवै नेताहरु यस विषयमा सहमत भएका छन कि साउदी नरेश सल्मान आगामी सन् २०१८ को सुरुवातमा अमेरिका भ्रमणमा आउनेछन ।’रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.