मनोनयन दर्ताको दिन उम्मेदवारहरुको भोजै-भोज
रौतहट: रौतहटका स्थानीय तहको उम्मेदवारी मनोनयन गर्ने दिन मतदाता तथा कार्यकर्ताहरु लाइ भोज खुवाइएको छ। उम्मेदवारहरुले टाढाटाढा बाट मतदाताहरु उम्मेदवारी मनोनयनको दिन जुलुसमा सहभागी हुन आएका हरुलाइ भोज खुवाएको पाइएको हो।
रौतहटको गुजरा नगरपालिका का नेपाली काग्रेसका मेयर शेष दाउद ले मनोनयन दर्ताको दिन सिम्राभवानीपुरमा भोज खुवाएका छन। यस्तै वृन्दावन नगरपालिकाका एमालेका मेयरका उम्मेदवार विनोद पटेलले पनि हर्साहमा भोज खुवाएका छन्।
मेयरका उम्मेदवार दाउद ले कुखुराको मासु र भात खुवाएका थिए भने पटेलले माछा भात खुवाएका थिए।
बृन्दाबन नगरपालिकाका एमालेका मेयर पदका उम्मेदवार पटेलले आफ्नो जन्मदिनको अवसरमा भोज खुवाएको प्रतिकृया दिएका छन्।
मनोनयन दर्ता र जन्मदिन एकै दिन परेकाले भोज खुवाए जस्तो भएको हो हरेक बर्ष आफुले जन्मदिनको दिन भोजगर्ने गरेको पटेलले बताएका छन्।मतदाताहरु लाइ प्रभावित पार्नका लागि उम्मेदवारहरुले भोज खुवाउने प्रचलन नै रहेको छ।
टाढाटाढा बाट मतदाता आउने हुदा खानाको व्यवस्था उम्मेदवारले गर्ने गरेको उम्मेदवारहरुले बताउने गरेका छन्।मनोनयन दर्ताको दिन नगरपालिका तथा गाउपालिकाबाट निर्वाचन कार्यालयमा जुलुस सहित जानका लागी ठुलो सख्यामा कार्यकर्ता तथा मतदाताहरु जम्मा हुने गरेका छन्।
पटेलले आयोजना गरेको भोजमा सयौ कार्यकर्ताहरु थिए।उनीहरुले भोजपछि जुलुसमा सहभागी भएका थिए। यस्तै दाउदले गरेको भोजमा ब्रोइलर कुखुराको मासु र भात थियो। भोज तयार गर्न सीम्रा भवानीपुरममा एक दर्जन मानिस खटिएका देखिन्थे।
यस्तै एमाले राजदेवी नगरपालिका का उम्मेदवार भिखारी यादव ले कुखुराको मासु भात खुवाएका छन्।मनोनयन दर्ताको दिन काग्रेस, एमाले, माओवादी, राजपा नेपाल लगाएतका दलका उम्मेदवारहरुले भोज खुवाएका छन्।
जिल्लामा १६ नगरपालिका २ गाउँपालिका मा बिभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन्।विभिन्न पार्टीका उम्मेदवारहरुले बुधवार जुलुस सहित तामझमका साथ मनोनयान दर्ता गराएका छन्।