उत्तर कोरियाबारे राष्ट्रसंघले आवश्यक कारबाही थालोस: चीन
बेइजिङ् : उत्तर कोरियाको विषयमा संयुक्त राष्ट्रसंघले नै आवश्यक कारबाही थाल्नुपर्ने बिचार चीनले राखेको छ ।
चिनियाँ विदेशमन्त्री याङ यीले भने ‘यस विषयमा राष्ट्रसंघले आवश्यक कदम चालोस त्यसमा हाम्रो समर्थन रहने छ ।’
उत्तर कोरियाले गरेको पछिल्लो आणविक परीक्षणपछि चीनले यो प्रतिक्रिया दिएको छ । चीनले पनि उक्त आणविक परीक्षणको विरोध गर्दै आएको छ ।
उनले भने ‘कोरियाली प्रायद्वीपमा नयाँ केही गरियोस र यस्तो आवश्यक कारबाहीमा चीनको समर्थन रहने छ। चीनमा आयोजित पत्रकार सम्मेलनमा उनले सो धारणा राखेका हुन ।
उनको आशय वार्ता गर्नुपर्छ भन्नेमा थियो । पत्रकार सम्मेलनमा उनले अहिले बाहिर आएका नाकाबन्दी वा अन्य दबाबमूलक कार्यक्रमहरु त समस्या समाधानमा आधामात्र हो र अर्को आधा भनेको उसँगको वार्ता नै हो ।
चीनलाई उत्तर कोरियाको एक सहयोगी देशका रुपमा पश्चिमाहरुले लिने गरेका छन् । उनीहरुको यस्तो प्रतिक्रिया आइरहदा चीनको पनि कोरियासँग वार्ता गर्नुपर्ने धारणा बाहिर आएको छ । रासस÷एएफपी