नौबिसे-नागढुंगा सडक जाम: दैनिक यात्रुलाई सास्ती

नौबिसे-नागढुंगा सडक जाम: दैनिक यात्रुलाई सास्ती

धादिङ: राजधानीबाट पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ हुदै पूर्व-पश्चिम जाने र उक्त बाटो भएर राजधानी भित्रिने सवारीयात्रा आजकाल यात्रुहरुका लागि अत्यन्तै अत्यास लाग्दो र कष्टकर हुने गरेको छ। यात्राका क्रममा बाटोको ठाँउ ठाँउमा हुने गरेको सवारी जामका कारण यात्रा कष्टप्रद र झन्झटिलो समेत बनेको छ। त्रिभुवन राजपथ अन्तरगत नागढुङ्गा नौविसे सडक खण्डमा उकालो बाटो भएको र बढी भार लिएर राजधानी प्रवेश गर्ने सवारीका साधनहरु बाटोमै विग्रीनाले बढी जाम हुने गरेको छ।

 

बाटो पनि घुमाउरो भएकाले लामो सवारी साधनहरु गुडाउन समेत असहज हुँदा सामान्य कारणले पनि यात्रुहरु घण्टौ जाममा बस्न बाध्य हुने गरेका छन्। उकालो बाटोमा बढी भार बोकेका ट्रकहरु गुड्न नसकि बाटोमै विग्रने गरेकाले जाम बढ्ने गरेको हो। सवारी आवागमनमा भएको जामको पिडा यात्रुहरुले बेहोरिरहेका छन भने प्रहरीले जाम खुलाउन सधै सास्ती खेप्नुपरेको छ।

काठमाण्डौ जाँदै गरेका शिक्षक हरि प्रसाद रिजालले भने, 'लामो र बढी भार बोकेका सवारी साधनहरु वीच बाटोमै विग्रिएपछि प्रहरीले पनि के गर्न सकोस, तान्ने उपकरण केही छैन धन्‍न जसो-तसो बलजफ्ती अरु गाडीहरुले तान्न लगाएर सवारी खुलाउछन।' ठुला चाडपर्व नजिकिएकाले पनि उक्त सडक खण्डमा बढी भार बोकेका ट्रक तथा कन्टेनरहरु राजधानी भित्रिने क्रम बढेको छ।

बाटोमै विग्रीएका सवारी साधनहरुलाइ तत्काल सडकबाट हटाउने कुनैपनि उपकरण प्रहरीसंग नहुँदा ट्राफिक प्रहरीले समेत आलोपालो गरेर सवारी पास गराउने गरेका छन्। अरु प्राविधिक उपकरणहरु त परको कुरा बजारमा जताततै पाइने एउटा गाडीले अर्को गाडीलाइ तान्ने फलामे डोरी (टुचेन) समेत ट्राफिक प्रहरीसँग छैन।

मंगलबार झ्याप्लेखोलामा विग्रिएको भारतिय ट्रक हटाउनको लागि नागढुङगा प्रहरीले नौविसेबाट टुचेन झिकाउनै ३ घण्टा लगाएको थियो। नागढुङगा नौविसे सडक खण्डमा बाटोमा एउटा मात्रै गाडी विग्रदा त्यसको असर खानीखोला देखि थानकोटसम्मै पुग्ने गरेको छ।

अझ बर्षातको समय भएकाले ठाउँ ठाउँमा पहिरो र सडकमाथीबाट लेते खस्दा फेरी अर्को जाम हुने गरेको छ । सामान्य अवस्थामा आधा घण्टामा पार गर्न सकिने टायलघरदेखि नागढुङगासम्मको बाटोमा दिनहुँ सवारी साधन विग्रीएर सवारी जाम हुँदा ३ घण्टासम्म लाग्ने गरेको छ।

नागढुङगा आसपासमा हुने सवारी जामको असर राजधानी भित्रिने यात्रुहरुलाइ भन्दा राजधानी बाहिरिने यात्रुहरुलाइ बढी परेको छ। त्रिभुवन राजपथ अन्तरगत नागढुङ्गा नौविसे सडक खण्डमा विभिन्न कारणले गर्दा यात्रुहरुले घण्टौसम्म जाममा बसेर बल्ल बल्ल उक्त खण्ड पार गर्ने गरेका छन् भने फेरी केही घण्टाकै यात्रामा मुग्लिन नारायणघाट सडक खण्डमा बाटो निर्माणका कारण अवरोध खेपिरहनु परेको छ।

धुनीवेशी नगरपालिका नौविसेको सिक्रेखोलामा जाम परेर बसेका बेला चितवन जाँदै गरेका काठमाण्डौका हरि बहादुर श्रेष्ठले भने, ‘मुग्लिनमा बाटो बनाउदै गरेकाले छिन छिनमा त्यहाँ सवारी आवागमनमा अवरोध हुन्छ, पहिरोका कारण जोखिम उस्तै छ। उज्यालोमै नारायणघाट पुग्छु भनेर विहानै काठमाण्डौबाट हिडेको ६ घण्टा भइसक्यो नौविसे पुग्न सकिएको छैन।'

मुग्लिन नारायणघाट सडक खण्डमा निर्माणको काम भई रहेको कारण ठाउँ ठाउँमा सवारी आवागमनमा अवरोध हुन्छ। अझ बर्षातको समय भएकाले छिन छिन मा पहिरो खसेर कुन वेला के हुने हो केही थाहा हुँदैन। जाम र सडकको दुरावस्थाको कारण ठाँउ ठाँउमा रोकिदै जानुपर्दा ४ घण्टामा पुरा हुने यात्रा गर्न १० देखि ११ घण्टासम्म लाग्ने गरेको छ।

चीनलाई भारतसँग जोड्ने छोटो र सबै भन्दा नजिकको मुख्य ब्यापारीक सडक मानिने मुग्लिन नारायणघाट सडक खण्ड फराकिलो बनाउन अहिले निर्माणको काम भई रहेको छ। तर निर्माण कार्य निकै सुस्त र अब्यवस्थित हुँदा त्यसको प्रत्यक्ष मार राजधानी भित्रिने र बाहीरिने यात्रुहरुले खेप्नुपरिरहेको छ।

सुस्त गतिमा चलेको सडकको स्तरउन्नतीको काम कहिलेसम्म सकिने हो र यात्रुहरुले कहिलेसम्म यस्तै कष्ट भोग्नु पर्ने भने विषयमा सडक निर्माण गर्ने ठेकेदारहरु नै अन्यौलमा छन्।लामो समयसम्म सडक बन्द हुँदा सवारीसाधनहरुको अव्‍यवस्थित लाइन लाग्ने र बाटो सुचारु हुने वित्तिकै अब्यवस्थित लाइन र लेन क्रस गरेर सवारी पार्किङ गरेका कारण कुनै अवरोध नहुँदा पनि फेरी ट्राफिक जाम बहोर्नुपरिरहेको सवारी चालकहरु बताउँछन।

नारायणघाटबाट ट्रकमा खाद्यान्न सामान लिएर काठमाण्डौ जादै गरेका चालक विष्णु घलेले भने, ‘छिन छिनमा पहिरो गएर ठाउँ ठाउँमा सवारी जाम भएको हुन्छ, अहिले त जस्लै जतासुकै अव्यवस्थित रुपमा पार्किङ गर्दा बाटो खुल्दा पनि २/३ घण्टा त अर्को जाममा बस्नुपर्छ, बल्ल बल्ल बाटो खुल्यो भनेर हिड्यो त्यसमा पनि ट्रकलाइ पहिले पालो कहिल्ये दिँदैन ट्राफिकले।'

यसरी घण्टौको जाममा बस्नु पर्दा सवारी चालक र यात्रामा निस्किएका यात्रुहरुलाई भने ठुलो मर्का परेको दुखेसो सुनाउछन्। सिमित खर्च लियर हिडेकाहरुलाई त झनै समस्या हुने गरेको छ। बाटोमा जाममा परेको बेलामा त २० रुपैयाँको पानीलाइ पनि ५० रुपैया तिर्नुपरेको यात्रुहरुले बताएका छन्।

'निश्चित समयाबधी अनुमान गरेर हिड्यो, ठाउँ ठाउँको जाममा गन्तब्यमा पुग्न सकिदैन।' एक यात्रुले भने, ‘बीच बाटोमा आएर अलपत्र परिन्छ अनि महङगो तिर्नुको विकल्प छैन।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.