पुर्नस्थापनामा भएको ढिलाईले मुक्त हलियाको बिचल्ली
डडेल्धुरा: हलिया मुक्त भएको ९ वर्ष बिति सक्दासम्म पनि पुर्नस्थापना हुन नसक्दा मुक्त हलियाहरुको बिचल्ली भएको छ।नेपाल सरकारले पुर्नस्थापना गर्नमा ढिलाई गरेकाले हलियाहरुको विचल्ली भएको मुक्तहलियाहरुको भनाई रहेको छ। हलिया मुक्तिको घोषणा प्रभावकारी हुन नसक्दा मुक्त हलियाहरु जिविको पार्जन गर्नका लागि पुनःहलिया बस्न थालेका छन्।हलिया आन्दोलन पश्चात २०६५ भदौ २१ गतेका दिन नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो।
हलियामुक्ति भएको दिनको अवसर मा डडेल्धुरामा मुक्त हलियाहरुले डडेल्धुरा वजारमा र्याली निकालेका भए पनि उनिहरुमा मुक्तिका वर्षको जस्तो उल्लास भने देखिएन।मुक्तिको ९ बर्ष बितिसक्दा समेत हलियाहरुको पुर्नस्थापना हुन सकेको छैन।
मानवअधिकारको रक्षा गर, आफूहरुका माँग पुरा गर ,सम्झौता कार्यान्वनयन गर जस्ता नारा लेखेका प्लेकार्ड वोकेर राष्टिय मुक्त हलिया समाज महासंघ केन्द्रीय कार्यालय डडेल्धुरावाट र्याली निकालेर वागवजार परिक्रमा गरेका थिए।
सरकारले पछिल्लो समय घोषणा गरेको पुर्नस्थापनाको कार्यक्रम समेत हुचुँवाभएको हलिया अधिकार कर्मीहरुको आरोप लगाएका छन।सरकारले मुक्ति घोषणाका बेला आन्दोलन कारी हलियासंग गरेको सम्झौता अहिले समेत कार्यान्वयन नगरेको उनीहरुको गुनासो छ।
मध्यपश्चिर सुदुरपश्चिमका १२ जिल्लाका १९ हजार ५९ मध्ये पुर्नस्थापना ३ हजार ९ सय ६० मुक्त हलिया पुर्नस्थापना भएको राष्टिय मुक्तहलिया समाजमहासंघले जनाएको छ।बाँकि मुक्त हलियाहरुको कुनै लेखा जोखा नहुदा र पुर्न स्थापना मा ढिलाई हुदा उनिहरुमा निराशा छाएको हो।