बालिकाको उद्धार, एक पक्राउ

बालिकाको उद्धार, एक पक्राउ

धादिङ : धादिङको थाक्रे गाँउपालिकाको सिम्लेबाट प्रहरीले एक बालिकाको उद्धार गरेको छ । पोखराको चिप्लेढुङ्गाबाट अपहरण गरी ल्याएको आशंकामा प्रहरीले बालिकालाइ उद्धार गरी अपहरणमा संलग्न एक जनालाइ पक्राउ गरेको हो ।
पृथ्वी राजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिकाको सिम्ले बजार नजिक खेष्टेखोलामा शंस्कापद अवस्थामा भेटिएको ब्यक्तिबाट बालिकाको उद्धार गरिएको प्रहरीले बताएको छ । बालिका अपहरणको आशंकामा पक्राउ पर्नेमा धादिङको धुनीबेसी नगरपालिका धार्केस्थित चालिसे घर भएका २७ वर्षीय सन्तोष सापकोटाले रहेका छन् ।


सापकोटाले पोखराको चिप्लेढुङ्गामा कवाडी सामान संकलन गर्ने सुनिल र मन्जु भनिने थर नखुलेको व्यक्तिको दुई वर्षीय छोरी रोशनी नाम गरेको बालिकालाई घरमा अविभावक नभएको बेला रेखदेख गरिदिने बहानामा शंकास्पद रुपमा ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ । शंकास्पद अवस्थामा बालिकालाई बोकेर हिडिरहेको देखेपछि गस्तीमा गएको प्रहरीले सापकोटालाइ नियन्त्रणमा लिइ सोधपुछ गरेको थियो ।
उद्धार गरिएकी बालिका र सापकोटालाइ प्रहरी चौकी गल्छी बैरेनीमा वुझाइएको छ । बालिका अहिले प्रहरी चौकी गल्छीमा रहेकी छन् । सोधपुछको क्रममा सापकोटाले बालिकालाई आफुले २० गते दिउँसो पोखराबाट ल्याएको प्रहरीसंग बताएका थिए । बालिकालाइ किन ल्याइयो भन्ने विषयमा नखुलेपनि अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.