पाकिस्तानमा वर्षाबाट १६४ को मृत्यु

पाकिस्तानमा वर्षाबाट १६४ को मृत्यु

इस्लामावाद: पाकिस्तानमा यस वर्षको मनसुनी वर्षाजन्य दुर्घटनाका कारण करिब १६४ व्यक्तिको मृत्यु भएको समाचार छ। यस वर्षको सुरुदेखि जुनको अन्त्यसम्ममा पाकिस्तानभर भएका वर्षासँग सम्बन्धित घटनामा १६४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १६७ घाइते भएका छन।

 

यस घटनमा परी ४४० घर ध्वस्त भएको पाकिस्तान प्रकोप व्यवस्थापन (एनडिएमए)का अधिकारीहरुले बुधबार जानकारी दिएका छन। पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध र पूर्वीप्रान्त पञ्जाव यस प्रकोपबाट बढी मात्रामा प्रभावित भएको बताइएको छ।

ती प्रान्तहरुमा जुन महिनाको अन्तिम हप्तामा मात्र ३८ व्यक्ति हताहत भएका एनडिएमएले जनाएको छ। यस अबिरल वर्षाको कारण सयौँ व्यक्ति घरवार बिहिन भएका र कैयौलाई सुरक्षित स्थानमा लगिएको बताइएको छ।

एनडिएमए र प्रान्तीय सरकारको संयुक्त प्रयासमा प्रभावित इलाकामा उद्धारकार्य जारी रहेको बताइएको छ।

एडिएमएका अनुसार सिन्ध प्रान्तको प्रान्तीय राजधानी कराँचीमा फसेका व्यक्तिलाई उद्धार गर्न तीनवटा डुंगासमेत पठाइएको बताएको छ।

पास्तिानमा हरेक वर्ष जुन महिनामा मनसुनी वर्षा सुरु हुने र सामान्यतया यसको अन्त्य सेप्टेम्बरमा हुने गरेको छ। यस समयावधिमा विभिन्न इलाकामा भारी वर्षा हुने र यसबाट बाढीको प्रकोपले सताउने गरेको छ।

सन् २०१० मा भारी वर्षापछि आएको भीषण बाढीको कारण खैबर पाख्तुनख्वा, पञ्जाव र सिन्ध प्रान्तमा एक हजार ५४० व्यक्तिको मृत्यु भएको थियो।

सो बाढीका कारण पाँच लाख ५७ हजार घर ध्वस्त भएका र ६० लाख व्यक्ति विस्थापित भएका थिए। रासस/सिन्हवा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.