‘देश संकटमा पर्दा गृहमन्त्रालयको ८४ बुँदे मार्गचित्र ओझेल पर्‍याे’

‘देश संकटमा पर्दा गृहमन्त्रालयको ८४ बुँदे मार्गचित्र ओझेल पर्‍याे’

बनेपा : गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले मुलुक संकटमा पर्दा मन्त्रालयले अघि सारेको ८४ बुँदे मार्गचित्र ओझेलमा परेको बताएका छन्। बिहीबार काभ्रेको धुलिखेल लज एण्ड रिसोर्टमा गृह मन्त्रालयले गरेको संघीयतामा आन्तरिक सुरक्षा चुनौती र आगामी रणनीति सम्बन्धी गोष्ठीमा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन्।

‘नयाँ मुलुकको संरचना अनुसार प्रहरी र सुरक्षा निकायको संरचनाको तयारीमा छौँ,’ मन्त्री शर्माले भने, ‘हामीले सोही अनुरुप ८४ बुँदे मार्गचित्र प्रस्तुत गरेपनि मुलकमा आएको संकटका कारण सो ओझेलमा परेको छ, अब त्यसलाई निरन्तरता दिन हामी लागि परेका छौँ।’

मन्त्री शर्माले संघको नीतिगत सुधार, संरचनागत विकास, व्यवस्थापन र सुरक्षा नीति परिवर्तनको प्रमुख आधार जनता भएको बताएका छन्। उनले आन्तरिक सुरक्षामा नागरिक दायित्व र भूमिका धेरै हुने भन्दै राज्य, संघ र स्थानीयतह अनुरुपको प्रहरी नियमवाली निर्माणको तयारीमा मन्त्रालय रहेको प्रष्ट पारे।

मन्त्री शर्माले राष्ट्रिय सुरक्षाको मुल आधार जनाता भएको भन्दै राज्यले दिने सुरक्षा नीति जनताले दिनुपर्नेमा जोड दिए। ‘जनता र समाज राजनीतिक, चेतनाको मार्गदर्शले नै सरकारको सुरक्षा नीतिमा सहयोग पुग्छ,’ मन्त्री शर्माले भने, ‘समाज व्यवस्थापन र सुरक्षा सरकारको प्रमुख दायित्व हो, जनताले सेवा र सुरक्षा चाहिरहेको छन्, त्यसका लागि सबै तयार हुनुपर्छ।’

कार्यक्रममा गृहराज्यमन्त्री श्याम श्रेष्ठले सरकारले अन्तराष्ट्रिय सुरक्षा नीति अनुरुप राज्यको सुरक्षा नीति परिवर्तन गर्नुपर्नेमा जोड दिए। संघीय प्रदेश सुरक्षा सम्बन्धी निकायको पुनःसंरचना अनुसार गृहप्रशासनलाई सुधार गर्न कार्यक्रम गरेको दाबी गृहसचिव लोकदर्शन रेग्मीले गरे।

कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्रजंग सुवेदी, बमबहादुर भण्डारी राष्ट्रिय अनुसन्धानको प्रमुख दिलिपराज रेग्मी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापा, सशस्त्र प्रहरी नायव महानिरीक्षक राजेश श्रेष्ठ, पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह राना, पूर्वप्रहरी अतिरिक्त महानिरिक्षक गोविन्दप्रसाद थापा, पूर्व प्रहरी नायब महानिरीक्षक कुमार कोइराला उपस्थित थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.