धरहराको भग्नावशेष अनुगमनबिनै सेना लगाएर हटाइयो ( फोटो फिचर )
काठमाडौं: वैशाख १२ को भूकम्पले भत्काएको धरहराको भग्नावशेषलाई राष्ट्रिय पुरातत्त्व विभागको अनुगमन बिनै हटाइएको छ। काठमाडौंको टुंडिखेलमा राखिएको धरहराको भग्नावशेषलाई नेपाली सेनाले हटाउने कार्य गरिरहेको हो।
उक्त भग्नावशेषबाट ठूलो पुरातत्वमा सिंह भेटिएको छ। तर अन्य साना प्रकृतिका महत्वपूर्ण पुरातत्वहरुको खोजी भने गरिएको छैन। यसका साथै सेनाले धरहराको उक्त भग्नावशेष कहाँ लगेर थन्क्याइएको भनेर पुरातत्त्व विभागलाई जानकारी दिएका छैनन्।
तस्बिरहरु: रजेन्द्र केसी