वनसम्बन्धी मुद्दा फर्स्याेटमा ढिलाइ

वनसम्बन्धी मुद्दा फर्स्याेटमा ढिलाइ

काठमाडौं : राष्ट्रिय वन कटान गर्नेविरुद्ध नुवाकोट वन कार्यालयले २०४५ सालमा दर्ता गरेको मुद्दा २८ वर्ष बित्दासमेत फैसला हुन सकेको छैन । फैसला नहुँदा वनसम्बन्धी मुद्दाको संख्या ४ सय २५ पुगेको छ । न्याय सम्पादन चुस्त दुरुस्त बनाउन मुद्दाको किनारा छिटो लगाउनुपर्ने हुन्छ । सर्वोच्च अदालतले न्यायपूर्ण न्याय सम्पादन गर्न दुई वर्षभित्र मुद्दाको फैसला गरिसक्नुपर्ने भने पनि वनसम्बन्धी मुद्दाको सुनुवाइ गरी फैसला गर्न ढिलाइ भएको पाइएको हो ।

 

वन विभागको तथ्यांकमा १ हजार ८ सय ९२ मुद्दामध्ये १ हजार ७  मुद्दाको फैसला हुन बाँकी छ । पुराना र नयाँ गरी यस वर्ष जम्माजम्मी ८ सय ९४ मात्र टुंगिए । फैसला भएकामध्ये ४ सय २५ दुई वर्ष पुराना र ३ सय ६० वटा अदालतमा पठाइएको विभागले जनाएको छ । अर्धन्यायिक अधिकार प्राप्त वन कार्यालयले काठ चोरी, वन अतिक्रमण, वन्यजन्तु, जडीबुटी, आगो लगाएको, वन पैदावार हानिनोक्सानीमा मुद्दा दायर गर्ने गरेको छ ।

फर्स्याेट हुन बाँकी मुद्दाको संख्या धेरै भएकाले चाँडै किनारा लगाउन पहल गर्न विभागले जिल्ला वन अधिकृतलाई मौखिक आदेश दिएको वन विभागका सूचना अधिकारी अवोधकिशोरप्रसाद कुस्वाले बताए । प्रमाण बुझ्न बाँकी, प्रतिवादी फरार, म्याद तामेल नहुने, तामेल भएका प्रतिवादी उपस्थित नहुनेजस्ता समस्याले मुद्दा फर्स्याेट हुन नसकेको उनले बताए । न्यायपालिकासँग सम्बन्धित भएकाले समय तोक्न नमिल्ने, सबै अधिकार जिल्ला वन अधिकृतसँग हुने भएकाले ताकेता गर्न पनि नमिल्ने विभागको भनाइ छ ।

निष्पक्ष र चुस्तदुरुस्त न्याय सम्पादन गर्न सरोकारवालाले वन कार्यालयसँग माग गरेका छन् । २८ वर्षसम्म मुद्दा किनारा नलाग्नुले वन कार्यालयमाथि प्रश्न उठ्न थालेको छ । यता, नुवाकोटका जिल्ला वन अधिकृत पदमराज नेपालले राष्ट्रिय वन कटानसम्बन्धी पुरानो मुद्दा रहेकाले यसलाई फस्र्योट गर्ने तयारीमा जुटेको बताए । यो मुद्दा वन संरक्षण ऐन २०१८ अनुसार दर्ता भएको थियो ।

वन ऐन २०४९ आएसँगै १० हजार रुपैयाँभन्दा माथिको बिगो भएको मुद्दा अदालतमा दायर गर्नुपर्ने कानुनी प्रावधान छ । वन कार्यालयले अदालतलाई मुद्दा जिम्मा दिए पनि अदालतले पुरानो कानुन प्रयोग गरी दर्ता गरेको मुद्दा भएकाले नहेर्ने भनी वन कार्यालयमै फिर्ता गरेपछि फस्र्योट हुन नसकेको वन कार्यालयको भनाइ छ । कानुनी जटिलता समाधान गर्न वन संरक्षण विशेष अदालत गठन हुन नसकेकाले फस्र्योट गर्न केही समस्या भएको विभागका सूचना अधिकारी कुस्वाको भनाइ छ ।

महोत्तरीमा हालसम्म रहेका १ सय ५९ वटा मुद्दामध्ये यस वर्ष २ वटा मात्र फर्स्याेट भयो, अझै १ सय ५७ बाँकी छन् । सर्लाहीमा ४७ मध्ये ४४, सुनसरीमा ५० मध्ये १५, धनुषामा ५४ मध्ये २६, सर्लाहीमा ४७ मध्ये ३६, रौतहटमा ९४, नवलपरासीमा ६१, बाँकेमा ८४ र कन्चनपुरमा २०, महोत्तरीमा १७ मुद्दा दुई वर्ष पुराना छन् । यीमध्ये थोरै मुद्दा मात्र अदालतमा दायर भएका छन् । म्याग्दी, बाजुरा, हुम्ला, बाग्लुङ, रसुवा, सोलुखुम्बु र ओखलढुंगामा एउटा पनि मुद्दा दर्ता भएनन् । देशभर मोरङले मात्र सबै १ सय ३१ मुद्दा यसै वर्ष फर्स्याेट गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.