नालापानी युद्ध अब पर्दामा हेर्न पाइने

नालापानी युद्ध अब पर्दामा हेर्न पाइने

देहरादुनस्थित नालापानी गढीमा भएको नेपाल अंग्रेजबीचको युद्धमा आधारित चलचित्र बन्ने भएको छ । दुई सय वर्षअगाडि भएको सो युद्धलाई पर्दामा उतार्ने जमर्को गरेका छन् निर्माता एवं निर्देशक रिमेश अधिकारीले । वीर बलभद्र कुँवरको नेतृत्वमा नेपाली फौजले लडेको उक्त ऐतिहासिक युद्धका कथा सुन्दा अहिले पनि उत्तिकै सनसनीपूर्ण लाग्छ । ‘नेपाली फौजले अंग्रेजसँग लडेको यो गौरवपूर्ण युद्धलाई पर्दामा उतार्ने कोसिस गरेको हुँ’, निर्देशक अधिकारीले भने, ‘हाम्रो गौरवपूर्ण इतिहासलाई भोलिका पिँढीमाझ जानकारी गराउन र विश्वमाझ युगौंयुगसम्म जिउँदो राख्ने यस विषयमा चलचित्र बनाउने निर्णय गरेको हुँ ।’

 

पदमाकुमारी फिल्मस् प्रालिको ब्यानरबाट निर्माण हुन लागेको यो चलचित्रमा मनोज शाक्यको पनि लगानी रहनेछ । मनोज जोशीको व्यवस्थापन, किशोर नेपालको कला निर्देशन, आशिष रेग्मीको पटकथा एवं संवाद र रोशन श्रेष्ठको द्वन्द्व रहने यो चलचित्र पूर्वप्राचार्य रामराज कुँवरको ‘वीर बलभद्र कुँवर ः ऐतिहासिक पुस्तक’लाई आधार मानेर निर्माण गरिन लागेको हो ।

चलचित्रमा अर्जुनजंग शाही, नवल खडका, मनोज शाक्य, विशाल श्रेष्ठ, दीपेन्द्रसिं दर्नाल, विकेश श्रेष्ठ, विशाल पहाडी, विष्णु मोक्तान, गीता अधिकारी, सुन्दर श्रेष्ठ, ईशान बिजु, प्रनिश शाक्य, कृष्ण आचार्य, तुलसा थापालगायतको अभिनय रहनेछ । अहिले कार्यशालामा जुटेको यो चलचित्रको छायांकन माघदेखि सुरु गरिने निर्माण पक्षले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.