मृतकका परिवारलाई आर्थिक सहयोग
सिन्धुलीः बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका सिन्धुलीका युवाले पहिरोमा परी ज्यान गुमाएका एक परिवारका आफन्तलाई आर्थिक सहयोग गरेका छन्।
मलेसियामा रहेका २२ जना युवाले पठाएको ८१ हजार ४ सय ८६ रुपैयाँ प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीमार्फत मृतकका आफन्त उदयबहादुर खड्कालाई शुक्रबार हस्तान्तरण गरिएको हो।
गत साउन २८ गते कमलामाई नगरपालिका-६ गैरीबजारमा गएको पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा दुर्गा कुमारी खड्का (२७ वर्ष), शोभा खड्का ( १५ वर्ष), अनिश खड्का वर्ष (१० बर्ष) र मनिष खड्का (वर्ष ८) रहेका थिए।