भारतीय नागरिकलाई गोली हान्ने दुई युवक पक्राउ

भारतीय नागरिकलाई गोली हान्ने दुई युवक पक्राउ

भीमदत्तनगर: पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्तनगर-गड्डाचौकी खण्डमा बिहीबार राति दुई भारतीय नागरिकलाई गोली होनी फरार रहेका दुई नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ।

 

बिहीबार राति भीमदत्तनगरबाट सिमावर्ती भारतीय बजार वनवासातर्फ मोटरसाइकलमा गइरहेका भारतीय सिँचाइ विभाग कर्मचारी युनियन संघ, कैनालका जगतसिंह चौहान र चन्द्रकिशोर सिंहलाई गोली हानेर फरार भएका भीमदत्त नगरपालिका-९ का दुई युवकलाई गड्डाचौकी प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ।

गोली लागेका भारतीय नागरिक दुबैजना शारदा ब्यारेजका कर्मचारी रहेको बुझिाएको छ। गोली हान्ने युवकमा भीमदत्त नगरपालिका-९ मटेनाका १७ वर्षीय करनसिंह भण्डारी र २१ वर्षीय विक्रमनाथ रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ।

प्रहरीले उनीहरुलाई भीमदत्त नगरपालिकाको जिमुवा क्षेत्रबाट गोली प्रहारमा प्रयोग गरिएको पेस्तोल र चक्कुसहित बरामद गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक रघुनाथ भण्डारीले जानकारी दिए।

घाइतेलाई वनवासामा उपचारपछि शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याइएको छ। चौहानको पाखुरा र सिंहको पिँठ्यूमा गोली हानेर युवकद्वय भण्डारी र नाथ मोटरसाइकलमा भागेका थिए।

प्रहरीले लुटपाट गर्ने नियतले गोली हानेको हुन सक्ने अनुमान गर्दै घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.