बंगलादेशको जेलमा रहेका एक नेपालीको उद्धार
काठमाडौं: विगत चार बर्षदेखि बंगलादेशको हिराशतमा रहेका एक नेपालीको उद्धार गरिएको छ। नेपाली दूतावासको प्रयासमा सप्तरीको गम्हरीया प्रवाह-२ का पवन कुमार यावदको उद्धार गरिएको बंगलादेशस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जनाएको छ।
दुई दिन अघि जेलबाट मुक्त गरिएका यादवलाई उनका परिवारको जिम्मा लगाइएको दूतावासले जनाएको छ। दूतावास अनुसार कागजपत्र बिना बंगलादेश प्रवेश गर्ने बेला यादव पक्राउ परेका थिए। लामो समय देखि पहिचान नखुल्दा उनी जेलमा बस्न बाध्य थिए।