गैँडाकोटले पायो स्कुल अवार्ड

गैँडाकोटले पायो स्कुल अवार्ड

गैँडाकोट: नवलपरासीको गैँडाकोट नगरपालिका वडा नम्बर दुईमा रहेको गैँडाकोट इंग्लिस स्कुलले अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त गरेको छ। ब्रिटिश काउन्सिल नेपालले वर्षेनी प्रदान गर्ने स्कुल अवार्ड यसवर्ष देशभरबाट २५ वटा विद्यालयले प्राप्त गरेका छन्। नवलपरासी जिल्लाबाट गैँडाकोट स्कुलले मात्र यो अवार्ड प्राप्त गरेको हो।

गैँडाकोट स्कुलले शुक्रबार विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त गरेको जानकारी गराएको थियो। स्कुलका प्राचार्य हिरालाल अर्यालले देशभरबाट अवार्डका लागि एक सय १६ वटा स्कुल सहभागी भएकोमा २५ वटा विद्यालयले अवार्ड प्राप्त गरेको जानकारी दिए।

उनका अनुसार, ब्रिटिश काउन्सिल नेपाल र शिक्षा विभागबीच सम्झौता भई काउन्सिलले पाँच वर्षयता उत्कृष्ट विद्यालयलार्इ प्रत्येक बर्ष स्कुल अवार्ड दिँदै आएको छ।

तीन वर्षपछि अवार्डका लागि पुनः प्रतिस्पर्धा गर्नुपर्ने प्राचार्य अर्यालले बताए। २०६२ सालमा स्थापना भएको यस विद्यालयमा अहिले नर्सरीदेखि दस कक्षासम्म कूल छ सय ७० जना विद्यार्थी अध्ययनरत छन्। यस विद्यालयलाई गैँडाकोट नगरपालिकाले वातावरणमैत्री र बालमैत्री विद्यालय घोषणा गर्दै सम्मान गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.