लमजुङमा ट्रक दुर्घटना, एकजनाको मृत्यु

लमजुङमा ट्रक दुर्घटना, एकजनाको मृत्यु

मध्यनेपाल (लमजुङ): लमजुङमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मध्यनेपाल–६, भोर्लेटारमा ग १ ख ६०९० नं को मालबाहक ट्रक दुर्घटना भएको हो।

 

दुर्घट्नामा परी मकवानपुर, हेटौँडाका अन्दाजी २२ वर्षीय सागर लामाको मृत्यु भएको ट्राफिक प्रहरी हबल्दार भूमिराज घिमिरेले जानकारी दिए।

मृतक सोही ट्रकको सहचालक भएको प्रहरीले जनाएको छ। लमजुङ र कास्की सिमानामा निर्माणाधीन रुदी खोला जलविद्युत् आयोजनाको सामान पुर्‍याएर हेटौँडातर्फ फर्कने क्रममा भोर्लेटार पिस्तीखोला नजिकै दुर्घटना भएको हो।

ट्रकमा रहेका चालकसहित अन्य दुईजना सामान्य घाइते भएका छन्। सामान्य घाइते भएका ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.