भ्रष्टाचार नगर्ने सिडिओ र मेयरको प्रतिबद्धता
बनेपा : काभ्रेका नगर प्रमुख र सरकारी कार्यलयका प्रमुखले भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रबार काभ्रेको धुलिखेलमा स्थानीय तहमा हुने भ्रष्टाचार रोक्नका लागि अभियान थालेको नागरिक समाज सञ्जालले जिल्लाका कार्यालय प्रमुख, नगरप्रमुखलाई हस्ताक्षरविरुद्धको अभियानमा हस्ताक्षर गराएको हो ।
प्रमुख जिल्ला अधिकारी शिव सिमडाले ‘भ्रष्टाचारविरुद्ध आवाज उठाऔँ, भ्रष्टाचारविरुद्ध उजुरी गरौँ, भ्रष्टाचारी तपाईं हाम्रा शत्रु हुन’ लेखिएका पम्प्लेट बोकेर धुलिखेल बजार परिक्रममा सहभागी भए । उनीसंगै नवनिर्वाचित नगर प्रमुख उपप्रमुख र सरकारी कार्यलयका अधिकृत काभ्रे प्रहरी प्रमुख, पत्रकार, नागरिक सबैको सहभागीता थियो।
स्थनीय तहमा जनप्रतिनीधि निर्वाचित भएपछि हुन सक्ने भ्रष्टाचारविरुद्ध अभियान थालिएको अभियानका अगुवा भोजराज तिमल्सिनाले जानकारी दिए।