नयाँ बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिएपछि..

नयाँ बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिएपछि..

काठमाडौं : राजधानीको बानेश्वरमा मन्त्री सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ। विपरित दिशाबाट आएको बा १ झ ७१६३ नम्बरको झन्डावाल गाडीले मोटसाइकललाई ठक्कर दिएको हो। ठक्करपछि स्थानीयले मन्त्रीको गाडी घेर्न लाग्दा उनी उम्किएका छन्।

बानेश्वर चोकमा खटिएका ट्राफिक प्रहरीले नै मन्त्रीको गाडीलाई रेस्क्यू गरेको छ। महानगरीय ट्राफिक प्रहरी वृत्त कोटेश्वरका प्रमुख मनोज शाहीले मन्त्री सवार गाडीले मोटरसाइकल चालकलार्इ ठक्कर दिएको पुष्टी गरे। उनले भने,‘ मन्त्रीज्यूको गाडीले ठक्कर दिएको हो, पब्लिकले घेर्न थालेपछि रेस्क्यु गरिएको हो।’

४८ प ९२८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिने गाडीमा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट भएको खुलेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी सर्वेन्द्र खनालले दुर्घटनाबारे भने, ‘फिल्डमा खटिएका ट्राफिकले मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिएको जानकारी दिएका छन् ।’

यसअघि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार सवारी साधनले पनि पैदल यात्रुलाई ठक्कर दिएपछि मन्त्रीप्रति सर्वसाधारणले आक्रोश व्यक्त गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.