२६ वर्षपछि महाकाली नदीमा बन्‍यो

 २६ वर्षपछि महाकाली नदीमा बन्‍यो

दार्चुला: व्‍यास गाउँपालिका-५, धौलाकोट तिगरममा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ। तुइनको सहारामा महाकाली नदीमा जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीयलाई पुल बन्दा आवतजावतमा सजिलो भएको हो। २६ वर्षअघि पुल बन्‍ने हल्ला चलेसँगै स्थानियमा जागेका आशा अहिले पूरा भएको छ।२०४८ सालदेखि पुल निर्माण गर्ने चुनावी नाराले यसपटक भने विश्राम पाएको छ।

 

व्यास गाउँपालिकाका सबै स्थानीय सरकारी कामकाज गर्न तथा दैनिक उपभोग्य वस्तु खरिद गर्न सदरमुकाम खलंगा तथा भारतीय बजार धारचुला आउन जोखिमपुर्ण तुइनको प्रयोग गर्थे।

सम्पेन्सन ब्रिज डिभिजन कार्यालयको झण्डै २८ लाख रुपयाँको लगानीमा ९४ मिटर लामो पुल मनमालिका निमार्ण सेवाले निमार्ण गरेको हो। पुल निमार्णपछि व्यासका हुती , धौलाकोट , सुन्सेरा राप्लालगायतका सथानीयलाई आवतजावमा सहज भएको छ।

पुल निमार्णपछि सहजै सदरमुकाम र सीमावर्ती भारतीय बजारमा स्थानीयका पहुँच बढेको ब्यास-६ हुतीका प्रयागदान बडुले बताए।महिला गर्भवती भएका बेला सुत्केरी गराउनका लागि तुइनमै तराएर जिल्ला अस्पताल वा भारतका विभिन्न सहरमा लैजानेहरुको समस्या अन्त्य भएको व्यास-६ हुतीकी शारदा बडुले बताइन्।

सुरक्षा चेकपोष्ट नहुँदा चुनौती
पुल निर्माणपश्चात प्रहरी पोष्ट नहुँदा सुरक्षा चुनौती थपिएको प्रहरीले जनाएको छ।हाल धौलाकोट गरी पुलघाटमा प्रहरी खटिने गरेको छन्। स्थायी प्रहरी पोष्ट नहुँदा सुरक्षा चुनौती थपिएको डिएसपी जनक शाहीले बताए।

दुवै देशका स्थानीयको आवतजावत बढ्ने भएकाले पुलमा तत्कालै सुरक्षा पोष्टको खाँचो परेको उनले बताए। स्थानीयलाई आवतजावत गर्न सहज भए पनि सुरक्षाको दृष्टिकोण जोखिम समेत थपिएको उनको भनाइ छ।

पुल बनेपछि आवत जावतमा सुविधा
३० वर्ष पछि पुल बने पछि स्थानिय बासिमा खुसिछाएको छ। दैनिक भारतीय बजार धारचुलाको बाटो भएर आउनु पर्ने बाध्यता हटेको दुहुका स्थानिय शर्मीला कुवँरले बताईन।  उनले भनिन्, 'वर्षौदेखि हामीले ज्यान जोखिम्मा राखेर बाँदर झै उल्टो फर्केर यात्रा गर्नु परेको बाध्यता हटेको उनीहरुको भनाई छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.