तीन महिनापछि खुल्यो डोल्पाको जुफाल विमानस्थल

तीन महिनापछि खुल्यो डोल्पाको जुफाल विमानस्थल

सुर्खेत : तीन महिनापछि डोल्पाको जुफाल विमानस्थल खुलेको छ । धावनमार्ग कालोपत्रे गर्न असारबाट बन्द भएको विमनस्थला निर्माणको काम सम्पन्न भएपछि शुक्रबारबाट सुचारु भएको हो ।

शुक्रबारको परीक्षण उडान सफल भएसँगै अब नियमित उडानका लागि जुफाल विमानस्थल खुलेको हो । विमानस्थल बन्द हुँदा आन्तरिक नाकाबन्दी भोग्न बाध्य डोल्पाली शुक्रबारबाट खुसी छन् । सडक संजालले नछोएको डोल्पामा हवाई यातायात एकमात्र विकल्पका रुपमा रहेको छ ।

 

तीन महिनापछि शुक्रबार बिहान नेपालगंजबाट तारा एयरको जहाज जुफाल विमानस्थलमा अवतरण गरेको हो । पाँच सय ६० मिटर लामो विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको छ । कालिका सिद्धी कन्सट्रक्सन जेवीले धावनमार्गमा कालोपत्रे गरेको हो । इन्जिनियर वीरप्रसाद शाहीले धावनमार्गमा कालोपत्रेको काम सम्पन्न भएपछि विमानस्थल खुला गरिएको बताए ।

शुक्रबार तारा एयरका वरिष्ठ क्याप्टेन प्रभाकर घिमिरे, क्याप्टेन बसन्त लामा र नागरिक उड्यन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रतावबाबु तिवारीसहित पाँच जनाको टोलीले जुफाल विमानस्थलमा सफल अवतरण गरेका हुन्।

विमानस्थल खुलेसँगै हवाई भाडादर पनि घटाइएको छ । तीन महिनापछि जहाज चढेर जिल्ला बाहिर र जिल्लाभित्र आवतजावत गर्ने अवसर पाएपछि डोल्पाका बासिन्दा खुसी भएका छन् । उनीहरुले शुक्रबार विमानस्थलमै पुगेर परीक्षण उडान गर्ने चालक र कर्मचारीलाई फूलमाला तथा अविरले सम्मान गरे । स्थानीय बालकृष्ण डाँगी भने, ‘अब कसैले उपचार नपाएर मर्नुपर्ने छैन, जहाजमै बिरामीलाई बाहिर लाने पाइने भयो।

विमानस्थल बन्द भएको समयमा स्थानीयले महँगोमा हेलिकोप्टर चार्टर गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।

नागरिक उड्यन प्राधिकरण नेपालगंजका प्रमुख प्रतावबाबु तिवारीले विभिन्न समस्या झेल्दै धावनमार्ग कालोपत्रे गर्ने काम सम्पन्न भएको बताए । उनले अब विमानस्थलमा जहाज अवतरण गर्न सक्ने भएकाले डोल्पालीलाई सहज हुने उल्लेख गरे । धावनमार्गका कारण अब जहाज कम्पनीले पनि पहिलाको जस्तो सास्ती भोग्नु नपर्ने उनको भनाइ छ ।

डोल्पालीको समस्यालाई मध्यनजर गर्दै हवाई सेवा सुचारु गरिएको प्राधिकरणले जनाएको छ । यद्यपी धावनमार्गको ५५ मिटर र पार्किङ्गको केही भाग भने कालोपत्रे हुन बाँकी भएको प्राविधिक वीरप्रसाद शाहीले जानकारी दिए । उनका अनुसार अबको २० दिनमा विमानस्थलको बाँकी सबै काम सम्पन्न हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.