दार्चुलाका होटलहरुमा प्रहरीको छापा

दार्चुलाका होटलहरुमा प्रहरीको छापा

दार्चुला: दार्चुलाका होटलहरुमा यौनजन्य गतिविधि बढीरहेको समय डिएसपी जनक शाहीले दार्चुला खंलगास्थित सदरमुकाममा छापा मार्ने क्रमलाई तीव्र बनाएका छन्।जिम्मेवारी समालेको एक हप्तामै दार्चुला सदरमुकामका होटलहरु चेक गर्दा अवैधानिक रुपमा मदिरा विक्री वितरण तथा यौन्यजन्य अपराध बढिरहेको पाईएको छ।

 

यसअघि जिल्ला सदरमुकाम आएका डीएसपीहरुले पनि आफ्नो प्रभाव देखाउन होटलहरुलाईनै निशाना बनाएर चर्चामा आउने गरेका थिए। पुर्वका डीएसपी तथा जिल्लाका सम्पूर्ण राजनितिक दलहरुले सम्झाई-बुझाई छोडे पनि यसपालि भने उनीहरुमाथि आवश्‍यक छानबिन गरी कार्वाही अगाडी बढाउन आज पाँच दिनका लागि म्याद थप गरीएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

गत बुधबार मात्रै दार्चुला सदरमुकामबाट ७ जना महिला तथा ६ जना पुरुष र २ जना बियरबार सञ्चालन लाई बियर बारबाटै पक्राउ गरेको डीएसपी शाहीले जानकारी दिए।दार्चुलाको सदरमुकाम नजिक विभिन्‍न ठाउँमा यौन्य जन्य अपराध भई रहेको विभिन्‍न स्रोतले जनाएको छ।

दार्चुलाका २ वटा मदिराका बियरबारहरुमा यौनकर्मी महिला राख्ने गरेको जनाईएको छ।सदरमुकामका कुना-कन्दरामा खुलेका वियरबारहरुले यौनकर्मी महिलालाई फोन गरेर बोलाउने गरेको पाईएको छ।

फोन गरेरै बोलाउने क्रममा दार्चुला सदरमुकाम खलंगा आईपुगेका नया डीएसपी जनक शाहीले बढ्ता चासोका साथ यौन धन्दामा सक्रियहरुलाई आवश्‍यक कार्वाही गर्ने बताएका छन्।

उनले भने, 'यो पहिलो चोटी यिनिहरुलाई सामान्य धरौटीमा सम्झाई बुझाई गरी एक हप्ताको लागी छोड्ने र एक हप्ता पछि पनि बियरबारहरुमा फेला परे आवश्‍यक्ता भन्दा बढी कार्वाही गरीने डीएसपी शाहीले जानकारी दिए।

उक्त धन्दामा भारतीय नागरिक बढी सक्रिय भएको पाईएको छ। एउटा भारतीय नागरिक र एउटा नेपाली नागरीकनै सञ्चालक भई काम गरी रहेको पनि प्रहरी स्रोतले जनाएको छ।

यौन धन्दामा सक्रिय महिलाहरु कञ्चनपुर, झापा, नुवाकोट दाङ लगायतका जिल्लाहरु बाट दार्चुला सदरमुकाम आई यौन धन्दा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायप उपरीक्षक जनक शाहीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.