बाढी-पहिरोपीडितलाई सर्वोच्च बारको दुई लाख सहयोग
काठमाडौँ: सर्वोच्च अदालत बार एशोसिएसनले बाढी पहिरो पीडितको सहयोगार्थ 'प्रधानमन्त्री दैवी प्रकोप राहत कोष' मा रु दुई लाख ३५ हजार ७२५ प्रदान गरेको छ।
सर्वोच्च बारका अध्यक्ष शैलेन्द्रकुमार दाहालको नेतृत्वमा शुक्रबार बालुवाटारमा पुगी सो रकम प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको सर्वोच्च बारका सचिव विष्णु लुइँटेलले जानकारी दिए।सर्वोच्च बारका पदाधिकारीसहित सदस्यबाट संकलन गरिएको उक्त रकम राहत कोषमा हस्तान्तरण गरेको हो।
सचिव लुइँटेलले एक नेपालीलाई दुःख पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्ने सोचका साथ सर्वोच्च बारका सदस्यबीच पैसा संकलन गरी राहत कोषमा पैसा बुझाएको बताए।