आपसमा जुधेर भाले गैँडाको मृत्यु

आपसमा जुधेर भाले गैँडाको मृत्यु

चितवन: चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा शुक्रबार एउटा गैँडा मृत अवस्थामा भेटिएको छ।दुई वटा गैँडा एकापसमा जुध्दा वयस्क भाले गैँडाको मृत्यु भएको निकुञ्जले जनाएको छ।

 

निकुञ्जको पूर्वी सेक्टरमा पर्ने कुमरोज र जनकौली मध्यवर्ती सामुदायिक वनको बीचमा पर्ने ढुंग्रे र इचर्नी खोलाको दोभानमा रुखको चेपमा मृत गैँडा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभियान पाठकले जानकारी दिए।

उनका अनुसार, दुई वटा गैँडा एकापसमा जुध्दा एउटा गैँडाको मृत्यु भएको हो।मृत गैँडालाई रुखको चेपबाट निकालेर पोष्टमार्टमपछि खाल्डो खनेर गाडिएको छ।

मृत गैँडाको खाग र खुर निकुञ्ज कार्यालयमा सुरक्षित गरी राखिएको निकुञ्जले जनाएको छ। शुक्रबार दिउँसो दोभानमा गैँडा जुधेको देखेपछि स्थानीयले निकुञ्ज प्रशासनमा खबर गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.