सातमुल मावि नमूना बनाउने अनेरास्ववियुको घोषणा
काभ्रे : अनेरास्ववियु शैक्षिक बिभागको आयोजनामा ३८ औं शिक्षा दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको छ । दिवसको अवसरमा अनेरास्ववियुले काभ्रेको नमोबुद्ध नगरपालिका-५ सातमुल माविका छात्रछात्रालार्इ शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको थियो । अनेरास्ववियु शिक्षा विभाग प्रमुख माधव पन्तका अनुसार सो विद्यालयलाई प्रविधिसँग जोड्न एक थान कम्प्युटर तत्काल उपलब्ध गराइने जानकारी दिए । ‘हामी यस विद्यालयलार्इ नमूना विद्यालय बनाउने प्रयासमा छौं' उनले भने ।
सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिका लागि नमूना विद्यालय निर्माण अभियानअन्र्तगत अनेरास्ववियुले काभ्रेको सातमुल माविलाई नमुना विद्यालय बनाउन सुरु गरेको हो । 'राम्रो विद्यालय, हाम्रो विद्यालय' अनुरुप, अनेरास्ववियुले मुलुकभरी नै नयाँ आयाम ल्याउन तत्पर रहेको र सुरुवात पनि भइसकेको अनेरास्ववियु केन्द्रिय अध्यक्ष नविना लामाले बताइन् । लामाले विद्यालयमा इन्टरनेट, लाइबे्ररी, खेलमैदानलगायतका सुविधा प्रदान गर्न आफूले पहल गर्ने बताइन् ।
कार्यक्रममा बोल्दै केन्द्रिय शैक्षिक विभाग प्रमुख पन्तले ‘सार्वजनिक शिक्षा निःशुल्क तथा अनिवार्य हुनुपर्छ हुनुपर्ने बताए । गुणस्तरिय शिक्षा अहिलेको आवश्यकता भन्दै गुणस्तर सुर्धान सामुदायिक विद्यालय अग्रसर हुनुपर्ने उनको भनाई थियो ।
सो अवसरमा २०० विद्यार्थीलाई कापी कलम तथा खेलकुद सामाग्रीहरु वितरण गरिएको अनेरास्ववियु प्रबक्ता एव प्रचार बिभाग प्रमुख सुदिप शर्माले जानकारी दिए । उनले उत्कृष्ट ५ जना एसईई उतीर्ण विद्यार्थीलाई कक्षा ११-१२ निशुल्क पढाइने जानकारी दिए।