अराजक फेसबुक

अराजक फेसबुक

समाजको हितमा प्रयोग गर्नका लागि बनाइएको सामाजिक सञ्जाल 'फेसबुक' (नेपाली भाषामा 'मुहारपुस्तिका' नामकरण गरिएको) ले विश्वभर इन्टरनेट सुविधाको भरपूर उपयोग गरिरहेको तथ्य कतैबाट छिपेको छैन । यद्यपि सम्भवतः भौतिक रूपले अविकसित देशमा यो सञ्जालको सुविधालाई सदुपयोगभन्दा बढी दुरुपयोग गरिएको तथ्य भेटिन्छन् । उदाहरणार्थ हाम्रै देशलाई सन्दर्भको रूपमा लिन सकिने धेरै दृष्टान्त हामी देख्दै आएका छौं । सोझो भनाइ राख्ने हो भने 'नपाउनेले के... पायो के...सित खायो' भन्ने उक्ति यहाँ चरितार्थ भएको छ ।

Bimal-Bhaukaji_1त्यसो त यहाँ फेसबुकको सदुपयोग गर्दै नगरिएको भने होइन । यही फेसबुकमार्पmत बौद्धिक बहसहरू गर्न सकिने, पढ्न सकिने र खास गरेर तत्कालका घटना-दुर्घटनाका समाचारहरू, विज्ञान-विकासका खबरहरू सम्प्रेषण गरिनु; आत्मिक विकासका निमित्त उचित खुराकहरू भेटिनु र विशेषतः वाङ्मयका विविध विधाहरू- कला, साहित्य, संस्कृतिका अनुरागीहरूका लागि विभिन्न कोणका 'अनलाइन साइट' राखिनु अत्यन्तै सकारात्मक पक्ष हो । खास गरेर साहित्य विधाका कथा, लघुकथा, कविता, मुक्तक, गीत-गजल, हाइकुलगायतका अधिकांश विधाहरूको छुट्टाछुट्टै समूह यहाँ देखिन्छन् ।
कथाकार-रङकर्मी किशोर पहाडीको एकल नेतृत्वमा रहेको 'पेन लभर्स' र त्यसैअन्तर्गत पछि आएको 'शब्दपथ' नामक समाचारमूलक साइटमा पत्रपत्रिकाको प्रकाशन, पुरस्कार-सम्मान, खास लेखक-कविको दैनिकी एवम् जन्मदिनका साथै निधनका समाचार दिइन्छ, जसका कारण तत्सम्बन्धी प्रशस्तै जानकारी हासिल गरेर लाभान्वित हुनेको संख्या धेरै छ ।

 

फेसबुकमै वर्षौंदेखि 'कथा' ग्रुप चलाउँदै आएका कथाकार नारायण तिवारी भन्छन्- 'साहित्य प्रवद्र्धनका लागि फेसबुक एउटा अत्यन्तै उपयुक्त क्षेत्र देखेँ । प्रिन्ट मिडियामा आउने सामग्रीको आफ्नो महत्व होला, तर फेसबुकमा आउने सामग्रीको अलग्गै महत्व हुँदोरहेछ । आपूmले लेखेको सामग्री तत्काल पोस्ट गर्न सकिने, र अरूले पोस्ट गरेको सामग्री तत्काल पढेर प्रतिक्रिया लेख्न सकिने प्रावधान यसमा रहेकोले हामीजस्ता साहित्यकर्मीले यसबाट प्राप्त हुने उपयोगिताबाट किन अलग बस्ने भन्ने मलाई लाग्यो ।'

निधन भएपछि फेसबुकमा शवको फोटो खिचेर राख्नु र त्यसमाथि स्व-सहानुभूतिका लागि 'लाइक' बटुल्नु, कसैले आत्महत्या गर्दाको दृश्य पोस्ट गरेर फोटोग्राफीको वाहवाही लिन खोज्नु, हृदयविदारक दुर्घटनाको तस्बिर राखेर 'बहादुर' कहलाइन खोज्नुमा विशेष गरेर फेसबुककर्ताहरू बढी नै पोख्त छन्।

उनको थप भनाइ छ, 'तर यसमा कथामात्रै पोष्ट गर्न पाइने क्राइटेरिया हामीले निर्धारण गरेको अवस्थामा पनि पोस्ट गरिएका कथाहरूमाथि मनपरी ढंगले अनावश्यकीय प्रतिक्रियास्वरूप नकारात्मकता लेख्नेहरूको संख्या बढेकाले हामीले यस्तो व्यहोराको सूचना नै जारी गर्नुपर्‍यो- त्यस्ता नेगेटिभ एटिच्युडका सामग्री पोस्ट नगर्नू । किनकि हाम्रो उद्देश्य भनेको केवल स्वच्छ साहित्य हो ।'
माथिको भनाइबाट के पुष्टि हुन्छ भने फेसबुकको सकारात्मक र नकारात्मक पक्ष दुवै छ । तथापि यहाँ, फेसबुकलाई प्रयोग गरिएको विकृतिमाथि सानो समीक्षा गर्ने कोसिस गरिएको छ ।

निधन भएपछि फेसबुकमा लासको फोटो खिचेर राख्नु र त्यसमाथि स्व-सहानुभूतिका लागि 'लाइक' बटुल्नु, कसैले आत्महत्या गर्दाको दृश्य पोस्ट गरेर फोटोग्राफीको वाहवाही लिन खोज्नु, हृदयविदारक दुर्घटनाको तस्बिर राखेर 'बहादुर' कहलाइन खोज्नुमा विशेष गरेर फेसबुककर्ताहरू बढी नै पोख्त छन् । यसका अलावा अनावश्यकीय स्टाटस पोस्ट गरेर आत्मरतिमा रमाउन खोज्ने झन् प्रशस्तै भेटिन्छन् । यही त पचाउन अप्ठेरो हुने बेला त्यसमाथि 'फलाना ठाउँमा भर्खरै बम विस्फोट' भएको जस्ता समाचार; नौ रेक्टरको भुइँचालो जाने, संसार ध्वस्त हुनेजस्ता अतिव नचाहिँदो भविष्यवाणी गरिएकोे समाचार 'सेयर' गरेर आतंक सिर्जना गर्ने कुकृत्यहरू देखिँदै आएको छ । सम्भवतः यस्ता कुकृत्यहरूलाई तह लगाउने विधिविधान राज्यसँग अवश्यै होला।

एक व्यक्तिले अर्को व्यक्तिलाई मन नपराउनासाथ जायज-नाजायज जे पनि लेखिदिने संस्कार त हाम्रो रगतमै सञ्चालित छ । केही समयअघि मात्रै सम्माननीय राष्ट्रपतिको व्यक्तित्वमाथि अत्यन्तै निकृष्ट शब्दहरू प्रयोग गरिएको सानो स्टाटस भाइरल नै बन्यो । हो, सही विषयले पैmलिएर चर्चा पाउने हो भने त्यसमा के आपत्ति ? तर, त्यस्तो चर्चा पढ्दा रमाइलो लाग्ने, त्यसको असरचाहिँ समाजमा नकारात्मक हुने हो भने त्यसको के महत्व ? त्यसो त मान्छेको प्रवृत्ति नै यस्तो छ कि राम्रोभन्दा नराम्रो विषय वा वस्तुतर्पm मनमस्तिष्क चाँडै नै आकर्षित भइहाल्छ । र, नराम्रै कुराहरूलाई फैलाएर मज्जा लिने चरित्र पनि केही मान्छेमा भेट्टिन्छ ।

केही उदाहरण-
एक कविले बडो नारी-स्वतन्त्रताको पक्षमा लेखेको एउटा कविताको दुई पंक्ति यस्तो व्यहोराको थियो, कवि (कवयित्री) पुरुषलाई सोध्छिन्-
के मेरो पाठेघर
तिम्रो वीर्य राख्ने झोला हो ?
आश्चर्यचकित त म त्यतिखेर भएँ, जब यो कविता फेसबुकमा पोस्ट भयो तब त्यसमाथि 'लाइक' ठोक्नेमात्र होइन समर्थनमा 'कमेन्ट' लेख्नेहरू तत्काल सयौँ देखिए । कतिपयले टाउकै झनझनाएको भावना व्यक्त गरे भने प्रायःजसोको उस्तै धारणा देखियो- पुरुषशोषित समाजलाई ठूलो चुनौती !
सर्वप्रथम त प्रश्न उठ्छ- कवितामा उठाइएको विषयवस्तु 'पाठेघर'को प्रयोजन के हो ? के त्यो अन्य प्रयोजनको लागि भनेर कहीँ कतै विज्ञानले ठहर गरेको छ ? यहाँ 'झोला' नामकरण गरेर शब्दको उपहास गरिएको बुझिन्छ । शब्दको सही प्रयोग कहाँ-कता गर्न उपयुक्त हुन्छ ? त्यसको पूर्ण स्वतन्त्रता प्रयोगकर्तालाई छ । तर, शब्द प्रयोग गर्दा त्यसको राम्रो समझ हुनैपर्छ । अन्यथा स्वतन्त्र हुनुको अर्थ अराजक हुनु पक्कै होइन ।

प्रकृति स्वयम् प्रकृति हो, प्रकृतिको विरुद्ध गएर परिवर्तनको सन्देशवाहक बन्न सकिन्न । हो, नारी स्वतन्त्रताको बहस गर्दा पुरुष-शोषणको विषय कदापि मान्य हुँदैन । तर, हातमा कलम छ भन्दैमा कविता लेख्नुको नाममा, पढ्दा पनि 'बोर' भइने यस्ता कविताले नारी स्वतन्त्रताको वकालत कुन अर्थमा गर्छ ? कविता लेखेरै आत्मरतिमा रमाउने हो भने कुरो भिन्नै हो, होइन भने समाज-भड्काउको यस्तो निकृष्ट-लेखन अर्को के हुन सक्छ ? (क्षमा गर्नुहोला, यो मेरो आक्रोश मेरो कविता-प्रेमको कारणले मात्रै भएको हो ।) कवितालाई अनावश्यकीय चर्चाको विषय बनाइनु हुन्न भन्ने लाग्छ मलाई।

यो मेरो निजी विचार हो । यहाँनिर, अन्नपूर्ण पोस्टको २०७४ असार २४, शनिबारको 'फुर्सद'मा फणीन्द्र संगमले लेखेको 'कविताभन्दा पर एक कविको बयान' शर्षिकअन्तर्गत कवि चन्द्र रानाहँछा (प्रथम घोषित कवि ः कविता महोत्सव, २०७४) ले भनेका वाक्यलाई सन्दर्भवश उद्धृत गर्छु, 'कविता जबर्जस्ती कोच्ने चिज होइन ।' वा 'कविता चिया पिउँदा वा रक्सी पिउँदा सुनाउने र वाहवाही गरिदिने प्रवृत्ति कविका लागि घातक हो । कविता जतिबेलै र जहाँसुकै पढिने होइन ।... साहित्यको प्राज्ञिक विधा हो कविता, यसलाई सस्तो नबनाऔँ ।' अझ यहाँनिर कवि रानाहँछाको दुई सर्तसहितको यो मतसँग म शतप्रतिशत सहमत हुन पुगेँ- 'कविता, अनिमात्र वाचन । वाचन जरुरी हो, तर त्यहाँ अभिनय हुन थाल्यो भने कविता होइन नाटक, अर्थात् कवि होइन ऊ कलाकार बन्न पुग्छ । कविता सुनिनेभन्दा बोध गरिने उत्तम विधा हो ।'

यो धारणा आजकल नाटकघरमा गएर कविता पाठ गरेपछि ठाउँका ठाउँ चर्चित हुन सकिन्छ भन्ने मानसिकता बोकेका कविहरूलाई कस्तो लाग्छ कुन्नि ! त्यसमाथि, फेसबुकमा 'लाइक' बटुल्ने उद्देश्य मात्र लिएर आफ्नो कविता पोस्ट् गर्ने कविहरूले यसलाई कुन अर्थमा लेलान् ?

२. एक कविले आफ्नी आमाको निधनपश्चात् फेसबुकमा एउटा यस्तो स्टाटस पोष्ट गरे- 'आमाको आज पहिलो मासिक । दालभात, अचार, तरकारी, दही, दूध सबै चढाएँ । तर, आमाले अलिकति पनि खानु भएनछ ! नमीठो भएर हो आमा ? ? ? ? '

संवेदनशीलता अँगालेको यो स्टाटसमा मातृवियोगप्रतिको अनुभूतिलाई प्रस्टै बुझिन्छ । र, यस्तो संवेदनशील विषयमाथि सहानुभूति खोजिनु अस्वाभाविकता होइन । तर, स्वाभाविकताको अर्थ यो हुन सक्दैन कि यस्ता विषयलाई बजारीकरण गरेर एक अर्थमा चर्चा बटुल्न खोज्नुलाई किमार्थ सामाजिक कार्य मान्न सकिन्न ।

तर, सोच्दै नसोचिएको एउटा गजबको प्रतिक्रिया देखियो यही स्टाटसमा- 'आमाले 'स्वाद' होइन ' श्रद्धा' मन पराउनु हुन्छ ।'
उक्त स्टाटसमाथिको यो प्रतिक्रिया कति शालीन, कति सुन्दर ! नकारात्मकतालाई सकारात्मकतातर्पm डोर्‍याइएका यस्ता उदाहरण पनि फेसबुकमा भेटिन्छन् ।

अक्षरको खेल जानेर खेल्न सके निकै सहज छ । तर, मनपर्दी नजानी त्यो खेल खेल्दा खतरनाक स्थिति पनि पैदा हुन सक्छ । फेसबुक आउनुअघि प्रिन्ट मिडियाको बढी प्रयोग हुने गथ्र्यो । र, त्यो प्रयोग जानी-नजानी सदुपयोग हुनुको सट्टा दुरुपयोग भएका तथ्य पनि हाम्रो सामुन्ने थुप्रै छन् । वर्षौंअघि एक साप्ताहिकमा खोज-पत्रकारिता गर्नुको नाममा नेपालका एक सिने-नायिकाको नितान्त व्यक्तिगत विषयमा समाचार सम्प्रेषण भएपछि सामाजमा आफ्नो बेइज्जत भएको महसुस गरी निज नायिकाले आत्महत्या नै गरिन् । यस्तो घटना-दुर्घटना निर्माण गरेर मान्छेले आफ्नो हृदयबाट संवेदनशीलतालाई तिलाञ्जली दिएको प्रशस्त उदाहरण छन् समाजमा । यो कुसंस्कृति हिजो पनि थियो, आज पनि ज्यूँका त्यूँ छँदै छ । अब प्रश्न के मात्रै हो भने यस्तो कुप्रचलनलाई आउँदा दिनमा रोक्न सक्ने कि नसक्ने, आजका हामी २१औं शताब्दीका मनुवाले ? ?

इन्टरनेटभित्र संसार छ ।
दृश्यको रूपमा राख्न सकिने अश्लील सामग्रीलाई नस्वीकार्ने किसिमको प्रावधान फेसबुकभित्र निहित छ । तर, अक्षरमा लेखिने जुनसकै सामग्रीको सीमा भने निर्धारण गरिएको छैन । सायद त्यस विषयमा फेसबुकले आजको यो एक्काइसैाँ शताब्दीको मान्छेको 'नैतिकता'लाई नै आधिकारिकता दिएको हुन सक्छ ।

होइन भने फेसबुकमा विसंगति त यति फैलिसकेको छ कि त्यसको कुनै सीमा नै छैन । कसैले एउटा सानो कुरा पाएर दुई लाइन स्टाटस राखिदिएपछि, वा खास गरेर कसैको व्यक्तिगत विषयमाथि बुझ्दै नबुझी नराम्रो कुरा लेखिदिएपछि त्यसका पछाडि अरू यसरी दौडन्छन् कि त्यसको परिणाम सम्बन्धित व्यक्ति वा परिवारमा कस्तो पर्न सक्छ भन्नेसमेत बिर्सिदिन्छन् । यहाँ पनि एउटा प्रसंग-केही महिनाअघि एउटा टेलिभिजनमा प्रसारित एक कार्यक्रमका तथाकथित एक दुःखी महिलाले आफू घरबाट निकालिएको लगायत अनेक किसिमका लाञ्छना आफ्ना पति र छोराहरूलाई लगाइन्।

यता, उनलाई समर्थन जनाउँदै उनको परिवारमाथि फेसबुकमा कतिसम्म गालीगलौज बर्सियो भने त्यस घरपरिवारले समाजमा मुख देखाएर हिँड्नसम्म नसक्ने परिस्थिति पैदा भयो । तर, केही खोजीनीतिपछि थाहा भयो- उनले घरपरिवारमाथि लगाएको लाञ्छना झुटो रहेछ । कार्यक्रमकी पात्र आफ्नै चरित्रका कारण घरबाट पलायन भएको सत्यता र यसलाई कथित कल्याणकारी एनजीओले ठूलो इश्यु बनाएको सावित भएपछि उक्त कार्यक्रमका सञ्चालकले सम्बन्धित परिवारसँग आधिकारिक रूपमै माफी माग्नुपरेको थियो ।

फेसबुकका माध्यमबाट यस्ता घटना बराबर भएका देखिन्छन् । र, यस्ता घटनामा प्रत्यक्ष सहभागी छन् फेसबुकका धेरैजसो प्रयोगकर्ता नै । कोही आत्मरतिका लागि यसमा सीमित छन् भने कोही अरूलाई मनोरञ्जन दिलाउन । र, सबैभन्दा बढी केवल आफ्नो चर्चा बटुल्नैका लागि फेसबुकमा लागिपरेका भेटिन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.