हिरासतमा १४ वर्षीय बालकको मृत्यु रहस्यमय

हिरासतमा १४ वर्षीय बालकको मृत्यु रहस्यमय

चरीकोट : प्रहरी हिरासतमा रहेकै बेला एक बालकको मृत्यु भएको घटना रहस्यमय बन्दै गएको छ । बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय चरीकोटबाटै भीमेश्वर नगरपालिका वडा नम्वर ५ धरामघर भएका १४ वर्षीय बालक रवि केशीलाई उपचारको लागि राजधानी लैजाने क्रममा मृत्यु भएको घटना थप रहस्यमय बन्दै गएको हो ।

 

प्रहरीले सामान्य घटनालाई मिडियामा तत्कालै सार्वजनिक गर्ने गरिएपनि यो घटनाको विषयमा भने केही जानकारी दिएको छैन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानले मृतकको उमेर १८ बर्ष भएको भनेपनि उनका आफ्न्तहरुले भने मृतकको उमेर १४ बर्ष मात्र रहेको बताएका छन् । प्रहरीले १९ गते चोरीको आरोपमा मृतक बालकलाई पक्राउ गरेको बताएपनि उनका आफ्न्तहरुले भने १८ गते नै पक्राउ गरेको जनाएका छन् ।

पक्राउ परेका बालकले बिहीबार बिहान पेट दुख्यो भने पछि प्रस्तावित चरीकोट अस्पतालमा उपचारका लागि लगिएको र उपचार सम्भव नभएपछि उपचारका लागि आफ्न्तलाई जिम्मा लगाएर राजधानी पठाएको प्रहरीको भनाई छ । यस विषयमा प्रस्तावित चरीकोट अस्पतालमा यस विषयमा जानकारी लिन खोज्दा मेडिकल डाइरेक्टर विनोद दङ्गाल टेलिफोन सम्पर्कमा आउन चाहेका छैनन् ।

यता मृतकका बुबा धुव्र केसीले आफ्नो छोरा प्रहरीकै यातानाकै कारण मृत्यु भएको बताए । उनले बिरामी छोराको विषयमा केही दिन अघि नै जानकारी दिएर आफूहरुलाई जिम्मा दिएको भए राम्रो अस्पतालमा उपचार गराएर छोरालाई बचाउन सकिने बताए । मृतकका मामा रामकृष्ण कार्कीले १६ बर्ष मुनिका बालबालिकालाई प्रहरी हिरासतमा राख्न नमिल्ने कानुनलाई उल्घन गर्दै प्रहरीले बालकलाई यातना दिएर मारेको आरोप लगाउदै उचित छानविनको लागि प्रशासनसँग माग गरेका छन् ।

उनले मृतक बालक सुस्त रहेको बताउदै गल्ती नै गरेको भएपनि सम्झाईबुझाई गर्नुपर्नेमा ज्यान नै लिएको बताउदै दोषि प्रहरीलाई कारवाही गर्न र आवश्यक क्षतिपूर्तिको माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापालाई सुक्रबार ज्ञापनपत्र बुझाउदै मृतकका आफ्न्तहरुले घटनाको उचित छानविनको लागि माग गरेका हुन् ।
यस्तै मृतकका मामा एवंम उपचार गर्न लैजाने धुव्र कार्कीले बिहीबार बिहान ८ बजेतिर प्रहरी कार्यालयबाट फोन गरेर तपाईको भान्छा सिकिस्त बिरामी छ,उपचारको लागि राजधानी लैजानु पर्‍यो तपाई आउनुस भने पनि आफु प्रहरीकै मोटरसाइलमा प्रहरी कार्यालयमा आइपुगेको बताए ।

प्रहरी कार्यालयमा आइपुग्दा भान्जालाई एम्बुलेन्समा राखेर सलाइनपानी दिइरहेको अवस्थामा फेला पारेको र प्रहरीले केही कागजमा हस्ताक्षर गर्न लगाएको बताए । हस्ताक्षरपछि डाक्टरसहित आफूले राजधानी लैजादैँ गर्दा रामेछापको मिल्तीखोलामा पुगेपछि मृत्यु भएको जानकारी दिए । उनले मृतकको मुखबाट फिज आएको बताए पनि के कारणले आयो भन्ने विषयमा भने आफु अनविज्ञ रहेको बताए ।

यस्तै स्थानीय जनप्रतिनिधि रुपा शाही भुजेलले बालक पक्राउ परेको खवर सुनेपछि २० गते भेटन् आउने क्रममा बिरामी रैछ म बुझेर लैजान्छु भन्दा पनि प्रहरीले नपठाएको बताए । उनले बालकलाई भेट्दा बालकको आखाँ र गाला सुन्निएको अवस्थामा देखेपछि प्रहरी निरीक्षक प्रधानलाई घाममा राख्न आग्रह गर्दा प्रधानले तपाइको मान्छेलाई घाममा मात्र हैन, तेल पनि लगाई दिन्छौ भनेर जवाफ फर्काएको गुनासो गरिन् ।

यता नेपाल बार एसोसिएसन दोलखाका शाखाका अध्यक्ष सरोज उप्रेतीले १६ बर्ष भन्दा मुनिका बालबालिकालाई हिरासतमा राख्नु कानुन विपरित भएको बताए । उनले गम्भीर अपराध गरेको बालबालिका भएको खण्डमा उनीहरुलाई राख्नको लागि छुट्टै ठाउँको व्यवस्था हुनुपर्ने र सिविल ड्रेस लगाएका प्रहरीले मात्र सोधपुछ गर्नुपर्ने प्रावधान कानुनमा रहेको जानकारी दिए । यसैबीच प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले घटनाको विषयमा सरकारी वकिलसँग छलफल गरी छानविन प्रक्रिया अगाडी बढाउने बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.