५ वर्षीया बालिकालाई जबरजस्ती गर्ने युवक प्रक्राउ

५ वर्षीया बालिकालाई जबरजस्ती गर्ने युवक प्रक्राउ

बनेपा : काभ्रेको बनेपा नगरपालिका–७ स्थित की एक ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले प्रक्राउ गरेको छ । शुक्रबार साँझ कोही नभएको मौका छोपी बालिकालाई ललाईफकाई बलात्कारको प्रयास गर्ने तनहु जिल्ला घर भई हाल बनेपा ७ मा बस्ते १७ वर्षीय राकेश बलाखेलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रक्राउ गरेको हो ।

 

बनेपा स्थित बालिकाको डेरामा कोही नभएको मौका छोप्दै चुईगम दिने प्रलोभन देखाई बलाखेले जवरजस्तीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र मरासिनीले जानकारी दिए । बालिकालाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको मरासिनीले बताएका बताए । 

बालिकाका आफन्तले घघनाबारे जानकारी दिएपछि आरोपीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 
जिल्लामा केही महिना यता बलात्कारका घटनामा वृद्धि हुँदै गएको छ । गत मंलबार मात्र एक ५७ वर्षीया महिलाको ६ जनाले सामूहिक बलात्कार गरी हत्या गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.