थारुको सिर्जनात्मक र खोजमुलक विषयमा कलम चलाउन आग्रह

थारुको सिर्जनात्मक र खोजमुलक विषयमा कलम चलाउन आग्रह

काठमाडौ‌: थारु पत्रकारलाई समय सापेक्ष सिर्जनात्मक र खोजमुलक विषयमा कलम चलाउन थारु अगुवा तथा प्रतिनिधिहरुले सुझाव दिएका छन्। थारु समुदायको चाड जितिया, सामा चकेवा तथा दशैं,तिहार र छठको उपलक्ष्यमा थारु पत्रकार संघ नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रममा अगुवाहरुले सुझाव दिएका हुन्।
 
 
 
कार्यक्रममा थारु युवा सभाको केन्द्रिय अध्यक्ष कानुनलाल चौधरीले थारु पत्रकार संघले थारुको आन्दोलन र बहसलाई मिडिया मार्फत सही तरिकाले कलम चलाउनु पर्ने बेला आएको बताए। उनले भने, 'थारु समुदायमा चौथो अंगको धेरै खाँचो छ। मिडियामा थारुको विषयमा कलम चलाउनु पर्ने टड्कारो छ।' संघका सल्लाहकार लक्की चौधरीले पत्रकार समाजलाई बाटो देखाउने जिम्मेवारीमा रहेकाले संवेदनशील भएर समाचार संकलन तथा सम्प्रेषण गर्नुपर्ने बताए। थारु पत्रकार संघले देशभरका थारु पत्रकारलाई संघमा आवद्ध गराउँदै सामुहिकरुपमा थारु समाजको हरेक पक्षका विषयमा एकाकार भएर समाचार सम्प्रेषणमा भूमिका निर्वाहको पहल गर्नुपर्ने सुझाव उनको थियो।
 
यस्तै कार्यक्रममा थारु कल्‍याणकारिणी सभाका उपत्‍यका समितिका अध्‍यक्ष सुमन चौधरीले थारुको हक अधिकार तथा थारुको राजनीतिक, सामाजिक, सांस्कृतिक पक्षको उजागर गर्न विशेष खोजपूर्ण समाचार पस्कन आग्रह गरे। उनले भने ' प्रदेश नम्बर २ मा स्थानीय चुनावमा थारु प्रतिनिधिलाई मत दिएर थारुको पक्षमा काम गर्न अनुरोध छ। आज तराईमा थारु हक अधिकारबाट बञ्‍चित हुँदै आएका छन्।' कामको सिलसिलामा काठमाडौंमा बसोबास गर्ने थारु समुदायका प्रतिनिधिले हरेक वर्ष चाडपर्वको अवसरमा शुभकामना तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्नुपर्नेमा उनको जोड थियो।
 
यस्तै थारु महिला समाजकी अध्‍यक्ष गीता चौधरीले उपत्यकामा बसोबास गर्ने थारु समुदायको एकता र सामूहिक भेटघाटका लागि चाड पर्वको कार्यक्रम महत्वपूर्ण हुने भएकाले थारु महिलाले मनाउने जितियामा सहयोग र सद्‌भावको खाँचो रहेको बताइन्। उनले भनिन्,' थारु महिलाहरु जितियाको नाममा फुट्ने कुरा होइन जुट्‍नेमा लाग्‍नुपर्छ।
 
आफ्नो स‌स्कारलाई फुटाएर होइन जुटाएर एक्कै ठाउँमा मनाउनु राम्रो हुन्छ।' यस्तै थारु पत्रकार संघ नेपालको अधिवेशन असोज ७ गते सुनसरीमा हुने संघका अध्यक्ष कृष्णराज सर्वहारीले जानकारी दिँदै दाङ शाखाले जिल्ला अधिवेशलाई भव्य र सभ्य बनाउने निर्णय गरेको बताए। थारु कल्याणकारिणीसभा अन्तर्गतको थारु महिला सभा तथा थारु महिला समाजको संयुक्त आयोजनामा हुने जितिया कार्यक्रममा सांस्कृतिक प्रदर्शन पनि हुने गरेका छन्।
 
थारु महिलाहरु विशेष चाड जितिया भदौ २८ गते राजधानीको कमलादीस्थि प्रज्ञा भवनमा थारु नृत्यसहित थारु खाना, हस्तकला, सांस्कृतिक कार्यक्रम गरी मनाउँदैछन्।
 
 

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.