छु्ट्टाछु्ट्टै दुर्घटनामा दुईको मृत्यु
दाङ : छुटछुट्टै दुर्घटनामा दाङमा दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका ११ बगालेमा नहर कुलोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय कुमार घर्तीको २ वर्षीया छोरी श्वेयता घर्तीको बाहुनडाँडाँ कुलोमा डुबेर मुत्यु भएको प्रहरीले जनाएको छ । शनिवार बेलुका ७ बजे घरको आँगनमा खेल्ने क्रममा कुलोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयल दाङले जनाएको छ ।
त्यस्तै करेन्ट लागेर घोराही उपमहानगर पालिका २ रामपुरका ३१ वर्षीय खिम बहादुर सुनारको मृत्यु भएको छ । घरमा रहेको मोटरबाट करेन्ट रागेर शनिबार राति मृत्यु भएको दाङ प्रहरी प्रमुख दुर्गा सिह चन्दले जानकारी दिइन् । सुनारको उपचारको क्रममा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा मुत्यु भएको हो ।