त्रिशूलीमा बगेर मजदुरको मृत्यु

त्रिशूलीमा बगेर मजदुरको मृत्यु

नुवाकोट: त्रिशूली नदिमा बालुवा झिक्ने क्रममा एक मजदुरको मृत्यु भएको छ। योसंगै त्रिशूली नदिमा एक सातामा तीन जनाको बगेर मृत्यु भएको छ।

बेलकोटगढी नगरपालिका वडा नं. ७ राइगाउँ नजिकै त्रिशूलीमा बालुवा निकाल्ने क्रममा जाजरकोट जिल्ला तारेकोट गाउँपालिका वडा नं. ४ का ४१ बर्षीय दानबहादुर रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराइले जानकारी दिए।

रावलको शव शनिवार बेलुका घटनास्थलदेखि पाँचसय मिटर तल फेला परेको प्रहरीले जनाएको छ।

यसअघि, शुक्रबार बिदुर नगरपालिका वडा नं ५ देवीघाट जालपा मन्दिर नजिकै रहेको त्रिशूली नदीमा साथीहरुसंग नुहाउने क्रममा बेलकोटगढी नपा वडा नं. २ कुमरीका २० बर्षीय टीकाराम तामाङ पनि त्रिशूलीमा बगेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.