प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नयाँ शक्ति निर्वाचन आयोगमा दर्ता
काठमाडौँ : समानुपातिक प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।
आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिने गरी नयाँ शक्तिले आइतबार दल दर्ता गराएको हो ।
समानुपातिक प्रणालीतर्फ भाग लिनका लागि दल दर्ता गराउनेमा नयाँ शक्ति दोस्रो पार्टी बनेको छ । नयाँ शक्तिले सातवटै प्रदेश सभामा भाग लिने भएको छ ।