चालक अनुमतिपत्र विना बस गुडाउँछन् चालक

चालक अनुमतिपत्र विना बस गुडाउँछन् चालक

विराटनगर: झापाको काँकडभित्ताबाट विराटनगरतर्फ आउँदै गरेको मे १ ख २४६७ नम्बरको बसलाई प्रहरीले मोरङको बेलबारी ४ बेतना सिमसार छेउमा रोकेर चेकजाँच गर्‍यो। सगरमाथा यातायातको बसलाई रोकेर चेकजाँच गर्ने क्रममा ट्राफिक प्रहरीले चालकको सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि खोज्यो। तर चालक झापा मेचीनगर ७ का ४० वर्षीय अमृत दर्जीसंग लाइसेन्सनै नभएको पाइयो।

 

सगरमाथा यातायातको बसलाई रोकेर चेकजाँच गर्ने क्रममा ट्राफिक प्रहरीले चालकको सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि खोज्यो। तर चालक झापा मेचीनगर ७ का ४० वर्षीय अमृत दर्जीसंग लाइसेन्सनै नभएको पाइयो।

दर्जीलाई तत्कालै प्रहरीले पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारीमा ल्यायो। उनीविरुद्ध आइतबार सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी विष्णुहरि कोइरालाले बताए। यही बसले गत साउन १२ गते कोसी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका १२ मा ठक्कर दिंदा पैदलयात्रु मोरङको बुढीगंगा गाउँपालिका ७ का ४२ वर्षीय हरिप्रसाद रिजाल घाइते भएका थिए।

‘लाइसेन्स नै नभएको व्यक्ति चालक बनेर राजमार्गमा सार्वजनिक सवारी साधन चलाएको पाइयो,' कोइरालाले भने, ‘त्यही भएर पक्राउ गरेर उनीविरुद्ध मुद्धा चलाइएको हो।' उनका अनुसार सगरमाथा यातायातले संचालनमा ल्याएका बस पछिल्लो समय पूर्वमा नाम चलेका सार्वजनिक सवारी साधन भित्र पर्छन् । त्यो संगै नागरिक यातायातको बस पनि अहिले यात्रुको रोजाइमा पर्छन् । विशेष गरेर पछिल्लो समय पूर्वमा विराटनगर–काँकडभित्ता र धरान काँकडभित्ता चल्ने नागरिक र सगरमाथा यातायातले संचालनमा ल्याएका बसमा यात्रु आकर्षित हुने गरेका छन्।

आरामदायी यात्रा, ‘फ्री' वाईफाई सेवा र ठाउँ ठाउँमा यात्रुलाई बसबाटै माइकिङ गरेर ओराल्ने र चढाउने सुविधा भएको लगायतका प्रचार गरेर यी यातायातका बसले यात्रुलाई आकर्षित गरिरहेका छन्। यस्ता सार्वजनिक सवारी साधनमा पछिल्लो समय यात्रुहरुको चाप पनि अत्यधिक छ। तर ती नै नाम चलेका सार्वजनिक सवारी साधन भने विना लाइसेन्सका चालकले हाँक्ने गरेको पाइएको हो। प्रहरीले नाम चलेका सार्वजनिक सवारी साधनका चालक पनि विना लाइसेन्सका हुने गरेको फेला पर्न थालेपछि कडाई थालिएको जनाएको छ।

डीएसपी कोइरालाका अनुसार व्यस्त रहेका राजमार्गमा कुदाइने सार्वजनिक सवारी साधनका चालक लाइसेन्स नै नभएका हुने गरेको पाइएको बताए । ‘पूर्व पश्चिम र कोसी राजमार्ग अन्तर्गत व्यस्त सडकमा संचालनमा रहेका र पछिल्लो समय नाम चलेका सार्वजनिक सवारी साधन विना लाइसेन्सका चालकलाई कुदाउन दिनु लापरवाही हो,' डीएसपी कोइरालाले भने, ‘त्यही भएर लाइसेन्स विनानै सार्वजनिक सवारी चलाउने चालकलाई पक्राउ गरेर मुद्धा चलाउन थालिएको हो ।'

अहिलेसम्म इलाका प्रहरी कार्यालय बेलबारीले लाइसेन्स विना नै ठूला सार्वजनिक सवारी साधन चलाउने मध्ये ११ जना चालकलाई पक्राउ गरेर सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धा चलाइसकेको छ । प्रहरी निरीक्षक रामजी कटुवालका अनुसार लाइसेन्स विना नै राजमार्गमा सार्वजनिक सवारी साधन चलाउने चालक फेला पर्न थालेपछि चेकजाँचमा कडाई गर्दै चालकहरुको सम्पूर्ण कागजपत्र हेर्ने गरिएको छ।

लाइसेन्स नहुनेलाई ट्राफिक नियम अनुसार कारवाही गर्नु भन्दा पनि मुद्धा नै चलाउन थालिएको प्रहरीले जनाएको छ। ‘ठूला बसमा धेरै यात्रु चढेका हुन्छन्। त्यहीमाथि राजमार्गमा कुदाउने बसका चालकले पनि लाइसेन्स नबनाउनु ठूलो लापरवाही हो,' कटुवालले भने, ‘चालकका कारण धेरै यात्रुको ज्यान जोखिममा परिरहेको पाइयो। सार्वजनिक सुरक्षा सम्बन्धी जोखिम निम्त्याउने काम गरेका कारण त्यस्ता चालकलाई पक्राउ गरेर सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धा चलाउनुको विकल्प देखिएन।'

प्रहरीले यात्रुहरुलाई चालकसंग लाइसेन्स भए नभएको बारेमा जानकारी लिएर मात्रै सार्वजनिक सवारीमा यात्रा गर्न पनि आग्रह गरेको छ। लाइसेन्स एवं सार्वजनिक सवारी साधन चलाउने अनुभवनै नभएका चालकका कारण यात्रुहरुको ज्यान जोखिममा पर्ने गरेको र त्यस्ता चालकले चलाएको सवारी दुर्घटना भएमा यात्रुले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था आउने भन्दै प्रहरीले राजमार्गका सबै ठाउँमा कडाई थालिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.