भारतीय अपराधी बब्लु रुपन्देहीबाट सार्वजनिक

भारतीय अपराधी बब्लु रुपन्देहीबाट सार्वजनिक

भैरहवा : सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेमाथि गोली प्रहार गर्ने र ज्यान मार्ने डर धम्की देखाई चन्दा रकम असुली गर्ने भारतीय एक अपराधीलाई रुपन्देही प्रहरीले आइतबार सार्वजनिक गरेको छ।

भारत रक्सौल नपा १ मोतिहारीका अरविन्द यादव भन्ने बब्लु तिवारीलाई सार्वजनिक गर्दै रुपन्देहीका प्रहरी प्रमुख एसपी श्यामलाल ज्ञवालीले अभियुक्त यादव ज्यान मार्ने, लागु औषध कारोबार, चन्दा असुली एवं साइबर अपराधमा संलग्न रहेकाले कानुन अनुसार कारबाही हुने बताए ।

गत मंसिर २१ गते व्यापारी न्यौपानेमाथि गोली प्रहार, व्यापारी विष्णु शर्मालाई ज्यान मार्ने धम्की दिएर मोटो रकम असुली गरेको, नेपाल–भारत सीमा क्षेत्रमा बसेर दुई देशमै अपाराधिक गतिविधि गर्दै आएको, फोन एसएमएस धम्की दिएर पैसा असुलीमा सक्रिय भएको जस्ता विभिन्न घटनामा संलग्न भएका यादवलाई प्रहरीले लामो अनुसन्धानपछि पक्राउ गरेर सार्वजनिक गरेको हो ।

भारतमा पनि विभिन्न घटनामा कारबाहीमा परेर फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । भारत महाराजगंज थाना सुनौली ग्राममा २०६६ साल असार २ गते उनीमाथि लागु औषध ब्राउन सुगर र हातहतियार अभियोगमा कारबाहीमा परेका थिए । भारतमा कारबाही भएपछि उनी सीमा क्षेत्रमा बसेर दुवैतर्फ अपराधका निम्ति सेटिङमा सक्रिय भएको प्रहरीको दाबी छ।

उनीमाथि रुपन्देही प्रहरीले ज्यानमार्ने उद्योग र हतहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्धा लगाएको छ । अभियुक्तलाई सार्वजनिक गर्दा सीमावर्ती भारतका सुरक्षाकर्मी एवं गुप्तचर निकायका अधिकारी उपस्थित थिए । प्रहरीले भारतीय सुरक्षाअधिकारी र गुप्तचरको नाम गोप्य राखेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.