'मधेशी जनता संविधान संशोधन होइन, विकास चाहन्छन्'
महोत्तरी: नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मधेशी जनताले संविधान संशोधनभन्दा पनि मधेश क्षेत्रको विकासका लागि आहुति दिएको बताएका छन्।
नेता नेपाल बर्दिवासमा पत्रकारसँग कुरा गर्दै सीमांकनको माग आम मधेशी जनताको नभई सीमित मधेशी नेताको मात्र रहेको दावी गरे।
केही दलले सीधासाधा मधेशी जनतासमक्ष संविधान संशोधनको कुरा उठाएर भ्रमको खेती गरिरहेको नेपालको आरोप छ। रासस