कर्मचारीलाई दुई तोला सुनको सिक्री उपहार..

कर्मचारीलाई दुई तोला सुनको सिक्री उपहार..

डोटी : डोटीको दुर्गम क्षेत्र मानिने सायल गाउँपालिकामा रहेको डौड इलाका स्वास्थ्य चौकीका एक कर्मचारीको बिदाइमा दुई तोलाको सुनको सिक्री उपहार दिइएको छ। उक्त स्वास्थ्य चौकीमा मात्रै करिब २० वर्ष सेवा गरी अनिवार्य अवकाश पाउन लागेका हाल सायल गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक शिवशंकर रावतलाई साविकको डौड गाउँ विकास समितिको तर्फबाट एक लाख २० हजार बराबरको सुनको सिक्री प्रदान गरिएको हो।

 

सायल गाउँपालिकाको प्रथम गाउँ सभाको अवसरमा गाउँपालिका ४ का वडा अध्यक्ष टेकबहादुर सिंहले रावतलाई सिक्री प्रदान गरेका हुन्। उनलाई गाउँसभाका प्रमुख अतिथि सांसद प्रेम आलेमगर, एमाले डोटी अध्यक्ष चक्र मल्ल, गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेललगायतले अविर मालाले सम्मान गरे। साविकको संरचनामा रावत डौड इलाका स्वास्थ्यचौकी इञ्चार्ज थिए। धनुषा जिल्लाको साविकको बागचौरा–५ अर्थात् हालको हंसपुर गाउँपालिकामा २०१४ साल असोज १ गते जन्मिएका रावत २०५५ सालदेखि डौड इलाका स्वास्थ्यचौकीमा कार्यरत छन्।

२०३७ साल वैशाख १५ गतेबाट जागिर प्रारम्भ गरेका रावत २०३९ माघमा स्थायी रुपमा स्वास्थ्य सेवामा प्रवेश गरेका हुन्। उनी असोज १ गते अनिवार्य अवकाश हुँदै छन्। दुर्गममा रहेर निरन्तर रुपमा जनतालाई सेवा दिएकाले साविकको डौड गाविसको गाउँ परिषदबाटै उनलाई सुनको सिक्री प्रदान गर्ने निर्णय गरेको साविक डौड गाविस सचिव तथा हाल सायल गाउँपालिकाका कार्यकारी अधिकृत लालबहादुर बोगटीले बताए।

उनले संकटकालको समयमा समेत भौगोलिक विकट क्षेत्रमा रही जनताको सेवा गेका थिए। सायलका स्थानीय डिलबहादुर सिंहका अनुसार स्वास्थ्य क्षेत्रका कतिपय कर्मचारीले निजी मेडिकल सञ्चालन गर्दै आए पनि रावतले निरन्तर सरकारी सेवामा खटेर जनतालाई सेवना दिएको बताए।

विकट क्षेत्रमा स्वास्थ्य सेवा दिएवात २०४७ सालमा गोरखा दक्षिणबाहु पुरस्कार पाएका रावतले ६ पटक जिल्ला स्वास्थ्य कार्यालयबाट सम्मानित भइसकेका छन्। दुर्गममा रहेर लामो समय सेवा गर्न पाउँदा आफू खुशी भएको रावतको भनाइ छ। ‘जब टाढा–टाढाका बिरामीहरु स्वास्थ्यचौकी आउँछन् र तिनको उपचार गर्न पाइन्छ, त्यत्तिबेला खुशी लाग्छ,’ रावतले भने।

आफूलाई सुनको सिक्रीले सम्मान गरेको विषयमा दुर्गममा गएर सेवा गर्दा जनताले पनि मूल्याङ्न गर्ने रहेछन् भन्ने कुरा महशुस भएको र अन्य कर्मचारीलाई पनि यस कुराबाट प्रेरणा मिल्ने उनको भनाइ छ।

रावतले आफूले काम गरेका क्षेत्रका जनताले आफूप्रति देखाको माया र सहयोगका निम्ति सबैलाई धन्यवाद दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.