पेस्तोलसहित भारतीय नागरिक पक्राउ

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

वीरगन्जः आसन्न स्थानीय तहको निर्वाचन एक साता मात्रै बाँकी रहेका बेला वीरगन्जबाट प्रहरीले हतियारसहित एक भारतीय नागरिकलाइ पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार रक्सौलको मौजे टोल घर भएका २५ बर्षीय महम्मद शम्शेर रहेका छन्। उनको साथबाट नलकुटवा पेस्तोल एक थान र त्यसमा लाग्ने आठ एमएमको गोली तीन राउण्ड बरामद भएको प्रहरीले जनाएको छ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक सन्तु जैसवारको नेतृत्वमा खटिएको प्रहरीको विशेष टोलीले वीरगन्जको रामटोलबाट शनिवार राति शम्शेरलाइ हतियारसहित पक्राउ गरेको हो। उनको साथबाट बीआर २२ एम ३२६३ नम्बरको मोटरसाइकल पनि बरामद भएको प्रहरीले जनाएको छ। शम्शेरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा मोटरसाइलको सिट मुनि लुकाएर राखिएको अवस्थामा पेस्तोल र गोली बरामद भएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले बताए।

२०६८ साल साउन १९ गते वीरगन्जको माइस्थानमा रहेको अलंकार ज्वेलर्समा भएको गहना लुटपाटको घटनामा पक्राउ परी वीरगन्ज कारागारमा साढे चार वर्ष सजाय भुक्तान गरेर डेढ वर्ष पहिले रिहा भएका शम्शेर आसन्न निर्वाचका बेला अपराधिक गितिविधि गर्ने योजना बनाएर वीरगन्जमा आएको प्रहरीको आशंका छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.