उपप्रधानमन्त्री महरा र ग्वाङन्दोङ प्रान्तका गर्भरबीच भेटवार्ता

उपप्रधानमन्त्री महरा र ग्वाङन्दोङ प्रान्तका गर्भरबीच भेटवार्ता

काठमाडौं : चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग ग्वाङन्दोङ प्रान्तका गभर्नर मा सिङरुईले शिष्टाचार भेट गरेका छन्।

गर्भनर मा आइतबार दिउँसो महरा बसेको होटल ह्रवाइट स्वानमा पुगेर महरासँग भेटवार्ता गरेका हुन् भेटमा ग्वाङन्दोङ प्रान्तको आर्थिक एवम् ऐतिहासका विषयमा जानकारी गराएका छन्। भेटमा उपप्रधानमन्त्री महराले चीनसँगको व्यापारमध्ये ग्वाङन्दोङ प्रान्तले ६० प्रतिशत ओगटेको भन्दै सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।

नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको उल्लेख गर्दै महराले नेपालमा लगानी गर्नका निम्ति चिनियाँ अधिकारीलाई आग्रह गरेका छन्। गभर्नरले माले नेपाली महावाणिज्यदूतावास ग्वाङन्दोङ प्रान्तजस्तो अत्यन्त आर्थिक तथा व्यापारिक महत्वको स्थानमा खुलेको भन्दै खुशी व्यक्त गरेका छन्।

यसअघि मन्त्री महराले यसै प्रान्तको एतिहासिक तथा सांस्कृति प्रदर्शनीस्थलको अवलोकन गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.