फेवा किनारमा तीन देशका कवि 

फेवा किनारमा तीन देशका कवि 

पोखरा : रेडियो खर्साङकी समाचारकर्मी उषाकिरण राईले सुरुमै आफ्नो गाउँठाउँको खबर सुनाइन््, ‘दार्जिलिङ अहिले जलिरहेको छ । एकछिन शान्त हुन्छ, फेरि जल्छ ।' उनकै भनाइमा दार्जिलिङ तीन ‘टी'ले चिनिन्छ—टुरिजम, टी र ट्रेन । तर अहिले आन्दोलनको आगोले दार्जिलिङ सेकेको छ । यही भूमिका बाँधेर उनले कविता सुनाइन्—लेट्स ह्याभ अ दार्जिलिङ टी ।

 

सो अवसरमा बंगलाभाषी देवरति भट्टाचार्यले चाहिँ बंगालीभाषाकै कविता सुनाइन् । भारतीय कवि भूपेन्द्र अधिकारी, कृष्ण विरही, उषानन्दी गहतराज, भुटानी कवि तुम्बेहाङ लिम्बूले पनि पालैपालो आआफ्ना कवितावाचन गरे । देवकोटा-लु सुन प्रतिष्ठान नेपालले गण्डकी साहित्य संगम पोखराको सहआयोजनामा फेवाताल किनारको नेपाल पर्यटन बोर्ड कार्यालयमा आयोजना गरेको अन्तर्राष्ट्रिय काव्य संगममा नेपाली, भारत र भुटानका ४० जना कविले रचना सुनाए ।

पोखरेली छन्दकवि नुमराज बरालको पद्य कविताबाट काव्य संगमको दैलो उघ्रिएको थियो । अधिकांश कविले उत्पीडनका कथा, राज्य व्यवस्थाका विकृति विसंगतिका कथा कवितामा सुनाए । गायक जीवन शर्माले ‘झरनाको चिसो' बोलको गीत गाए । कवि संगीत श्रोताले पनि गीत गाएको सो कार्यक्रममा लोकगायिका हरिदेवी कोइरालाले गीति कविता गाइन् ।

कवि अभय श्रेष्ठले ‘गोली र बालक' शीर्षकको कवितामार्फत मधेस आन्दोलनमा ज्यान गुमाएका बालकको कथा सुनाए । पत्रकार अमृत सुवेदीले मालिक शीर्षक कवितामा मजदुरी व्यथा ओकले । कवि सरस्वती प्रतीक्षाले तिब्बती शरणार्थी क्रन्दन कोट्याइन् । स्याङ्जाका चिन्तु गिरी, तनहुँका अनील श्रेष्ठ, चितवनका सुमन श्रेष्ठ, पोखराका रुद्र बराल, रमा प्रासर, सुरज उपाध्याय, बलराम तिमिल्सिना, हरिमाया भेटवाललगायतले कवितावाचन गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष निनु चापागाईंले समसामयिक कविताको धार, विचार, चिन्तन गर्ने र अनुभव साट्ने उद्देश्यबाट कार्यक्रम आयोजना गरेको बताइन् । काव्य संगमको अघिल्लो दिन कविहरूले कास्कीको पर्यटकीय गाउँ धम्पुसबाट अन्नपूर्ण हिमशृंखला अवलोकन गरेका थिए । काव्य संगममा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले कविले समय र अवस्था चिन्न सक्नुपर्नेमा जोड दिए । ‘कविताले हामी आफैंलाई कत्तिको न्याय गर्न सकेको छ भन्ने महत्वपूर्ण हुन्छ,' उनले भने, ‘कविले पहिले आफैंलाई जाँच्नुपर्छ ।' कवि तीर्थ श्रेष्ठले कविले लेखेका सबै कविता उत्कृष्ट नहुने बताए । काव्य संगममा कवि कृष्ण प्रसाईंको कविता कृति ‘घामको विरासत' पनि विमोचन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.