छोराको खुकुरी प्रहारबाट आमा घाइते
दमकः झापाको दमक नगरपालिका-५ मा आइतबार छोराको खुकुरी प्रहारबाट आमा घाइते भएकी छिन्।
२४ बर्षिय छोरा शिव कुमार सतारले अपरान्ह ४ बजेतिर सोही ठाउँका १८ वर्षीय दिनेश भुजेलसँग लेनदेनको विषयमा झगडा गरेपछि आमा ३८ बर्षीय रेखा सतारले छुट्याउने क्रममा शिवले आफ्नै आमामाथि खुकुरी प्रहार गरेका हुन्।
खुकुरी प्रहारबाट गंभिर घाइते बनेकी रेखाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको छ। शिव फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।