टेक्सासमा भएको गोलीकाण्डमा आठको मृत्यु

टेक्सासमा भएको गोलीकाण्डमा आठको मृत्यु

हाउस्टन अमेरिकी राज्य टेक्सासको उत्तरी भागमा रहेको एक घरमा भएको गोली प्रहारमा संदिग्घ एकजना अपराधीसहित आठ व्यक्तिको मृत्यु भएको छ।

 

हाउस्टनबाट ४१० किलोमिटर उत्तरमा पर्ने महानगर क्षेत्रमा रहेको एक घरमा रहेका सात जनाको ज्यान गएको छ। साथै सोही घरमा अर्का एकजना संदिग्ध पनि मारिएका छन्।

तिनै व्यक्तिले गोली प्रहार गर्न सुरु गरेको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले जनाएको छ। सो गोलीकाण्ड किन र कसले गरेको थियो भन्ने बारेमा केही खुलाइएको छैन।

गोली प्रहारबाट एक घरमा रहेका नौजना व्यक्ति परेका थिए। ती मध्ये सात जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एकजनाको अस्पताल पुर्‍याएपछि मृत्यु भएको थियो।

उक्त गोलीकाण्डमा परी अर्का एकजना घाइते छन्। यस घटानमा मारिएका सबैजना युवा युवती रहेका बताइएको छ । तर उनीहरुको पहिचान भने प्रहरीले खोलेको छैन। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.