त्रिशूलीमा ट्रक खस्यो, चालक घाइते

त्रिशूलीमा ट्रक खस्यो, चालक घाइते

चितवन: नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक सोमबार बिहान त्रिशूली नदीमा खस्दा एकजना घाइते भएका छन्।

 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गैँडाकोटबाट बियर बोकेर काठमाडौँ जाँदै गरेको ना५ख ७२९७ नंको ट्रक इच्छाकामना गाउँपालिका-६ जलबिरेबाट त्रिशूलीमा खसेको हो।

ट्रक त्रिशूलीमा खस्दा चालक मकवानपुरको हाँडीखोला बस्ने ३० वर्षीय उज्ज्वल कँडेल घाइते भएको र उनको स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ।

चालक हाम फालेर बाँचेको भए पनि बियरसहितको ट्रक बेपत्ता भएको प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.