यात्रु सहायता कक्ष सञ्चालनमा

यात्रु सहायता कक्ष सञ्चालनमा

बैतडी: जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले दशैं तिहारमा यात्रुको सजिलोको लागि यात्रु सहायता कक्षा सञ्चालनमा ल्याएको छ। चाडपर्वका बेला यात्रुहरुलाई हैरानी हुन सक्ने भन्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज आकाश रावलले बताए।

उनले भने ‘हामीले सदरमुकाम गोठलापानीमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएका छौं। कुनै पनि यात्रुले समस्या भोग्नुपरेमा सहायता कक्षमा सम्पर्क राख्न सक्छन।'

चाडपर्वका बेला सवारी साधानमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने लगायतका कामहरु हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको रावलले बताए। उनले भने ‘हामीले सबै यातायात व्यवसायीहरुलाई आफ्नो सवारी साधनमा भाडादर राख्न पनि भनेका छौं। सहायता कक्षमा पनि भाडादर राखेका छौं। कसैले तोकेको भन्दा बढी भाडा लिएको पाइएमा कारवाही गर्छौं।'

यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी खटाईएको छ। दशैंका लागि भनेर भारतबाट रोजागरी गरेर फर्केका नागरिकहरु समस्यामा पर्ने भएकाले उनीहरुलाई लक्षित गरेर यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। चाडपर्वको बेलामा ट्राफिक प्रहरीको उपस्थितिले ट्राफिक नियमको पालना हुने विश्वास गरिएको छ।

ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना हुने भएकाले सवारी दुर्घटना गर्नु अर्को उद्देश्य रहेको रावलले बताए। उनले भने ‘क्षमताभन्दा बढी यात्रु राख्नु, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनु, तीव्र गतिमा सवारी साधन हाक्नु लगायतका कारणले सवारी दुर्घटना हुन्छन्। तिनै कुरालाई नियन्त्रण गर्न यात्रु सहायता कक्ष स्थापना गरेका हौं।'

गोठलापानी बजारमा यात्रु सहायता कक्ष स्थापना गरिनुले सर्वसाधारण यात्रुलाई सजिलो हुने भएको छ। भारतबाट मजदुरी गरेर आएका नागरिक ठगिनबाट बच्ने सुर्नया गाउँपालिका ६ का पवन अवस्थीले बताए। उनले भने ‘सदरमुकाममा यात्रु सहायता कक्षा स्थापनाले सर्वसाधारण नागरिकलाई सजिलो हुनेछ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.