सवारी दुर्घटनामा ६ घाइते
दाङ: अमिया-तुलसीपुर सडकको जसपुर-तुलसीपुर सडकखण्डको रझेनामा यात्रुबहाक भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
जसपुरबाट तुलसीपुर जादै गरेको भे १ ज ८९६ नम्बरको भ्यान दुर्घटना हुँदा गाडी चालक तुलसीपुर १२ का अशोक चौधरी गम्भीर घाइते छन् भने अन्य घाइतेको अवस्था सामान्य रहेको छ।
गम्भीर घाइते चौधरीको सिटी अस्पताल तुलसीपुरमा र अन्यको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेका छ। तीव्र गतिका कारण भ्यान दुर्घटना भएको प्रहरीले बताएको छ।