३५ लाख फिरौती माग्ने अपहरणकारी प्रहरी हिरासतमा

३५ लाख फिरौती माग्ने अपहरणकारी प्रहरी हिरासतमा

स्याङ्जा:३५ लाख फिरौती रकमको माग गर्दै बुटवल उपमहानगरपालिका ५ बस्ने बर्ष ३८ का जनुरदिन मियाँलाई अपहरण गरी फिरौती माग्ने ३ जनालाई स्याङ्जाको गल्याङ प्रहरीले प्रक्राउ गरेको छ। उनीहरुलाई शनिबार साँझ गल्याङ अस्पतालबाट प्रहरीले पक्राउ गरेको सोमबार प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा कालीगण्डकी गाउँपालिका ६ निवासी २४ का सुन्दरप्रसाद अधिकारी, २७ का सन्तोष श्रेष्ठ र वडा नं. २ का ४० का मोहबिनदिन मियाँलाई प्रहरीले प्रक्राउगरी अनुसन्धान सुरु गरेको छ।

 

पक्राउ पर्ने ३ जना वडा प्रहरी कार्यालय वालिङ्मा राखिएको छ।अपहरणकारीले चप्पल तथा जुत्ता ब्यापारी मियाँलाई अपहरणगरी, बन्दक बनाई कुटपिटगरि घाइते बनाएपछि गल्याङ अस्पतालमा उपचारको लागी लगेको थिए।

घाइते अवस्थामा रहेका चिकित्सकलाई आफुलाई अपहरणपछि कुटपिट गरी घाइते वनाएको भन्दै प्रहरीलाई खवर गरीदिनका लागि लेखेर आग्रह गरेपछि अपहरणकारी पक्राउ परेका हुन।कुटपिटबाट गम्भिर घाइते भएका मियाँले अस्पतालमा लैजान आग्रह गर्दै फिरौती रकम दिन्छु भने पछिमात्र अपहरणकारीले उपचारका लागि अस्पताल लगेको मियाको भनाई छ।

अस्पतालको सूचनाको आधारमा सही जनकराज रेग्मीको टोलीले गल्याङ अस्पतालबाट मियाँलाई अपहरण मुक्तगरेको प्रहरीले जनाएको छ। घाईते जनुरदिन र अपहरणकारी मोहबिनदिन कान्छाबुवा र ठुलाबुवाका छोराहरु दाजुभाई भएको बताईएको छ।

प्रहरीले मियाको बा. ८ च. ३५६२ नं. को कार, कारभित्र अपहरणकारीको कालो झोलाभित्र ३ वटा खुकुरी, बायाँ हातमा लगाउने पन्चिङ सहितको रातो कालो पन्जा १ थान, कालो रङको फलामको पन्चिङ-१ थान, ड्रिल मेसिनको ड्रिप जस्तो देखिने फलामको ६ ईन्च लम्बाईको ड्रिप १ थान फेला परेको वडा प्रहरी कार्यालय वालिङ्का प्रमुख चिनकपुर गुरुङ्ले जानकारी दिए।

त्यसैगरी, सामसुङ मोबाईल २ थान, हुवाई मोबाईल थान १, नोकिया कालो मोबाईल १ थान फेला पारी निज सुन्दर प्रसाद अधिकारी र सन्तोष श्रेष्ठको मोबाईल चेकजाँच गर्दा सुन्दरप्रसाद अधिकारीको मोबाईलमा निज जनुरदिन मियालाई अपहरण गरी बन्दक बनाई बाँधी कुटपिट गरी फिरौती माग गरेको भिडियो रेकर्ड फेला पारेको प्रहरीले जनाएको छ।

अपरहणकारीले प्रयोग गरेका लु. १७ प. ९४३१ नं साईन, लु. २२ प. १४१२ नं. को पल्सर मोटर साईकलहरु समेत प्रहरी नियन्त्रणमा छ। पीडित पक्षले घट्ना सम्बन्धमा शरिर अपहरण, बन्दक तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेपछि पक्राउ परेका तिनै जनालाई अदालतबाट म्याद थपगरि थप अनुसन्धान शुरु गरेको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.