काभ्रेमा बलेरो पल्टिँदा एकको मृत्यु, ११ घाईते

काभ्रेमा बलेरो पल्टिँदा एकको मृत्यु, ११ घाईते

बनेपा: काभ्रेको पनौती नगरपालिका-११ स्थित बल्थलीमा बोलेरो पल्टदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन्। सोमबार साँझ ६:३० बजे बल्थलीबाट बनेपा आउदै गरेको बा ८ च ७२७७ नम्वरको बुलेर अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

 

'बेलुका ढलान सकेर बनेपा फर्कने क्रममा बुलेरो अनियन्त्रीत भई सडकबाट तल खस्दा दुर्घटना भएको हो।'जिल्ला प्रहरी कार्यलयका डिएसपी महेन्द्र मरासीनीले भने, 'दुर्घटनामा परि नाम नखुलेका एकको उपचारका क्रममा मृत्यु भएको छ।' भने अन्य १२ जना घाईते छन्।'

घाईतेहरुको बनेपा स्थित शिरमेमोरीयर अस्पतालमा उपचार भईरहेको जानकारी दिए। घाईते मध्य तिन जनाको अवस्था गम्भीर रहेको डिएसपी मरासिनिले जानकारी दिए।

घाईते हुनेहरुमा ललितपुर टौखाल ३ का २१ वर्षे सुरेन्द्र दंगाल, काभ्रे बनेपा नगरपालिका ११ का ५० वर्षे दिल बहादुर चौलागाई,धुलिखेल नगरपालिका ११ कि ३० वर्षे अञ्जना लामीछाने, नुवाकोटकी सिता माया तामाङ्ग, काभ्रे भगवतीस्थानकी सुलोचना श्रेष्ठ, उनकी छोरा रोसन श्रेष्ठ, काभ्रे भकुण्डेकी सानुमाया लामा, र रौतहट जिल्ला हाल बनेपा बस्दै आएकी रोजीना लामा र उनकी १ वर्षे छोरी आयुष लामा घाईते भएका छन्।

घाईतेहरुको शिरमेमोरीयल अस्पतालमा उपचार भईरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.