बुम रेमिट्यान्सको एजेन्टमा बंगलादेश बैंक
काठमाडौं: बुम रेमिट्यान्स प्रालिले नेपाल बंगलादेश बैंक लिमिटेडलाई आफ्नो एजेन्टका रूपमा नियुक्त गरेको छ । बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको रकम नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो शाखामार्फत भुक्तानी गर्नुका साथै बुम रेमिटको सफ्टवेयरमार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्न सम्झौता भएको हो।
बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा चार हजार वटाभन्दा बढी सब-एजेन्ट छन्। नेपाल बंगलादेश बैंकका नेपालभर ४७ वटा शाखा र २ वटा एक्स्टेन्सन छन्।
उक्त सम्झौतापत्रमा बुम रेमिट्यान्सका तर्फबाट प्रबन्ध निर्देशक धीरेन्द्र पन्त र नेपाल बंगलादेश बैंकका तर्फबाट नायब महाप्रबन्धक सुरेन्द्रभूषण श्रेष्ठले हस्तक्षर गरेका छन्।
आन्तरिक सञ्जाललाई तीव्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो सञ्जाल तीव्र रूपले विस्तार गर्दै जाने रणनीति रहेको प्रबन्ध निर्देशक पन्तले जानकारी दिए। बुम रेमिटले विभिन्न बैंकसँग सहर्काय गरी विदेशमा समेत बजार प्रवद्र्धन गरी नेपाली कामदारको विदेशबाट नै खाता खोल्ने प्रबन्ध मिलाएको छ। बुम रेमटले हुन्डी कारोबारलाई निरूत्साहित गर्न नेपाल र विदेशमा बैकिङ साक्षरता कार्यक्रम गर्दै आएको छ।