मानव कल्याणका लागि शाश्वतधाम र मानवसेवा आश्रम बीच सहकार्य

मानव कल्याणका लागि शाश्वतधाम र मानवसेवा आश्रम बीच सहकार्य

काठमाडौ : शाश्वतधाम र मानवसेवा आश्रम बीच शाश्वत चिन्तन मानवीयता, सिर्जनशिलता, सदाचारलाई प्रवद्र्धन द्विपक्षिय समझदारीमा हस्ताक्षर भएको छ । शाश्वत चिन्तनका प्रवद्र्धक एवं मानवसेवा आश्रमका अध्यक्ष डा. गोविन्द टण्डन र शाश्वत धामका प्रमुख कार्यकारी अधिकृत नारायण श्रेष्ठले समझदारीमा हस्ताक्षर गरेका हुन ।
शाश्वतचिन्तन (साँचो जीवननिर्माण अभियान) र शाश्वत धामलाई एकसाथ राष्ट्रब्यापी बनाउने एवं शाश्वतधाम मार्फत् शाश्वत चिन्तनका कार्यक्रमहरू आयोजना गरी जात–जाति, सम्प्रदाय, वर्ण, रङ्ग भन्दा माथि उठेर सनातनधर्म एवं मानवता र मानवीय गुणहरूको जगेर्ना, संरक्षण, सम्बद्र्धन एवं प्रवर्धदन गर्ने कार्यमा दुवै संस्थाले सहकार्य गर्नेछन् ।


‘शाश्वत चिन्तनलाई प्रमुखता दिँदै मानवीयता, सृजनशीलता, सदाचारलाई आत्मसात् गरी मानवीयतालाई केन्द्रमा राखी व्यक्ति, समाज र राष्ट्रमा असल व्यक्ति निर्माणमा योगदान पु¥याउने हाम्रो प्रयास हो’, आश्रमका अध्यक्ष डा. टण्डनले भने,‘यसका लागि विविध उपयोगी कार्यक्रमहरू सञ्चालन गरी मानवीय चेतनाको विस्तारका साथै “वसुधैव कुटुम्वकम्”को विश्व जनीन भावनालाई अझ विस्तार र विकास गर्न दुवै सस्था सहयात्रामा सहभागी भएका छौँ ।’
आगामी दिनमा शाश्वत धामलाई केन्द्रबिन्दु बनाई शाश्वत चिन्तनका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछन् । यसमार्फत् मानवीयताको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।
‘शाश्वत चिन्तन अभियान र शाश्वत धामको सोंच र लक्ष्य समान रहेकाले समग्र मानव कल्याणकारी कार्यका लागि सहकार्य गरेका हौँ’, शाश्वतधामका प्रमुखकार्यकारी श्रेष्ठले भने,‘शाश्वत चिन्तन जस्तो अति उच्च सोंच राख्ने टिमसँग सहकार्य गर्न पाउदा हामी खुसी छौँ ।’
यसअभियानले विशेष गरी युवा जगत्लाई प्राथमिकताका साथ अभिप्रेरणा प्रदान गर्नेछ । यसका लािग प्रबद्र्धन एवं ज्ञान हस्तान्तरण कार्यक्रमहरू आयोजना गरिनेछ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.