पढाईमा अब्बल चार बिद्यार्थी नौ बर्षमा दृष्टिविहिन

 पढाईमा अब्बल चार बिद्यार्थी नौ बर्षमा दृष्टिविहिन

इटहरी , ‘के सोचे मैले,के भयो अहिले’ भन्ने गीत झै इटहरी–२ तामाङ टोल निवासी लक्ष्मण र मनमाया तामाङले जिन्दगीमा त्यस्तै अपत्यारिलो दैनिकी भोग्नु परिरहेको छ ।

“छोराछोरी बढ्लान्, पढ्लान् र बूढेसकालको जीवनमा सुख पाइएला भन्ने सोच्दा सोच्दै लक्ष्मण र मनमायाको जीवन कष्टकर बन्न पुग्यो । चार सन्तान जन्मेर बाँसको तामा झैँ हुर्कँदै गए । पढ्नका लागि विद्यालय जान थाले । पढ्दै गए । पढाइमा पनि अब्बल बन्दै थिए तर नौ वर्षको उमेर पुगेपछि जेठी छोरी अस्मिताको आँखा एकाएक बन्द भयो । उनी दृष्टिविहीन बन्न पुगिन। उनी देख्न नसक्ने भई घरको कोठामा कैदी जीवन बिताउन बाध्य बनिन । तामाङ दम्पतीका लागि यो कम्ती पीडादायी घटना भएन ।
लक्ष्मण भन्छन “यस्तो पीडा अरु कसैलाई नपरोस् ।” हुर्केर पढ्न थालेकी छोरीका लागि तामाङ दम्पतीले धेरै अस्पताल धाए, धामीझाँक्री लगाए, थुप्रै दौडधूप र खर्च भयो तर अहँ केही उपाय लागेन । अहिले मनमाया र लक्ष्मणका लागि चार सन्तानको हेरचाह र स्याहार चुनौतीपूर्ण बनिरहेको छ ।

 

अर्को सन्तानका रुपमा जन्मिएको जेठो छोरा सरोज पनि स्कुल जान थाले। दिदीको त्यो अवस्था भए पनि छोरो त सद्दे होला भन्ने आमाबाबुको सपना सरोज नौ वर्ष पुगी कक्षा २ मा पढ्दै गर्दा आँखाको दृष्टि एकाएक गुम्यो । जेठी छोरी अस्मितापछि जन्मिएको सरोज पनि दृष्टिविहीन बनेपछि आमाबाबु निराश भए ।

जेठी छोरी र छोराको त्यो हाल भएपछि हुर्कँदै, बढ्दै र पढ्दै गरेकी अर्की छोरी सुस्मिता पनि विद्यालय पढ्दापढ्दै नौ वर्ष पुग्नासाथ उनको पनि दृष्टि गुम्यो । उनले पनि दिदी र दाजु झैँ घरको एउटा कोठामा कष्टकर जीवन बिताउनुपरेको छ ।

मनमाया र लक्ष्मणको कान्छो सन्तानका रुपमा जन्मिएका सन्दीप पनि अन्य सन्तान सरह नौ वर्ष पुगेर दृष्टिविहीन भए । उनी पनि कक्षा– २ मा राम्रोसँग पढ्दा पढ्दै दृष्टिविहीन बन्न पुगे । जीवनको उत्तराद्र्धतिर पुग्दै गरेका आमाबाबुको जीवन झनै कष्टकर र कहालीलाग्दो बन्यो ।
तामाङ समुदायले पनि उनीहरुको आँखाको रोगको उपचारका लागि धेरै दौडधूप गरयो तर जहाँ लगे पनि उनीहरुको उपचार सम्भव नहुने भन्ने चिकित्सा विज्ञानका विज्ञले तामाङ दम्पतीलाई निराशाजनक उत्तर दिए । अहिले कान्छो सन्दीप १२ र जेठी छोरी अस्मिता २६ वर्षका तथा अरु दुई जना २५ र १७ वर्षका छन् । सबै दृष्टिविहीन सन्तानको स्याहारमा संलग्न मनमाया र लक्ष्मणको दैनिकी पनि ज्यादै कष्टकर छ ।

तामाङ दम्पतीमा परेको यस पीडामा थोरै भए पनि मल्हमपट्टी लगाउन नेपाल तामाङ घेदुङ युवा समिति र इटहरी मल्टिमिडिया समूहले ‘१० रुपियाँको चिया पिऔँ, मनमाया र लक्ष्मण तामाङको दृष्टिविहीन सन्तानलाई सघाउ पुरयाऔँँ’ भन्ने तीनदिने अभियान चलाएको छ । मानवीय सहयोग जुटाउने अभियान थालेको चन्द्र गोम्देनले जानकारी दिए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.