दुई किलो चरेस सहित तीन प्रक्राउ
बनेपा: काभ्रेको बनेपा बाट दुई किलो चरेस सहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रक्राउ गरेको छ। मंगलबार बिहान प्रहरीले विशेष सुराकीका आधारमा लागूऔषध सहित तीन जनालाई प्रक्राउ गरेको हो।
विशेष सुराकीको आधारमा प्रहरीले बनेपा नपा-१४ साँगा काँक्रे बिहारको सडकमा हिडिरहेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिएको र एक जनालाई काठमाण्डौं बालाजु माछापोखरीवाट नियन्त्रणमा लिएको जिल्ल प्रहरी कार्यालयका एसपी सहकुल बहादुर थापाले जानकारी दिए।
उनका अनुसार प्रहरीचौकी साँगाको विशेष टोलीले दिउँसो बाटोमा लागु औषध बोकेर हिडिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार प्रक्राउ पर्नेमा चितवन जिल्ला मंगलपुरका ५२ बर्षिया दीपक लामा,काभ्रे पाँचखाल १० का ४८ बर्षिया कान्छा सार्की र सोलुखुम्बुका ज्ञानबहादुर बस्नेतलाई प्रक्राउ गरेको हो।बस्नेतलाई काठमण्डौको बालाजु बाट पक्राउ गरिएको थियो।
एसपी थापाले उनीहरुलाई लागूऔषध तथा बेचबिखनमा मुद्दा चलाउने तयारी सहित थप अनुसन्धार भइरहेको जानकारी दिए।