तेल उत्पादनमा शिवशक्ति उद्योगलाई रोक

तेल उत्पादनमा शिवशक्ति उद्योगलाई रोक

सिमरा : आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागले मंगलबार साँझ बाराको जीतपुरमा रहेको शिवशक्ति उद्योगमा छापा मार्दै तेल उत्पादन र बिक्री वितरणमा रोक लगाएको छ। अखाद्य तेल उत्पादन गरेर बजारमा विक्रीवितरण गरेको भन्दै काठमाडौबाट आएको विभागको टोलीले उद्योगमा छापा मार्दै अर्को निर्देशन नआएसम्म तेल उत्पादन नगर्न र बजार नपठाउन निर्देशन दिएको हो।

 

उद्योगको उत्पादन फेमिली तोरीको तेल परीक्षणका क्रममा गुणस्तरहिन देखिएपछि विभागका शाखा अधिकृत मोहन कुमार पुडासैनीको नेतृत्वको टोली अनुगमनका लागि आएको हो। उद्योगको उत्पादन क्षेत्रमा अनुगमन गर्दै टोलीले उद्योगलाई तेल उत्पादन र कारोबारमा रोक लगाएको हो। अर्को निर्देशन नआएसम्म उत्पादन र बिक्रीमा रोक लगाउन निर्देशन दिएको अधिकृत पुडासैनीले जानकारी दिए।

उद्योगले फेमीली र साजन तोरीको तेल उत्पादन गर्दै आएको छ। गत साउनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फेमिली तोरीको तेलको स्याम्पल लिएर परीक्षण गर्दा तेलको प्यारेक्साइट भ्यालु मापदण्डभन्दा बढी फेला परेको थियो। नियमानुसार प्यारेक्साईट भ्याल्यू १० हुनुपर्नेमा ११ दशमलव पाँच रहेको पाइएको अधिकृत पुडासैनीले बताए।

बजारमा बिक्रीका लागि राखिएको फेमिली, साजन, धारा र पतञ्जली तेलको परिक्षण गरिएकोमा फेमिली खानका लागि उपयुक्त नभएपछि अनुगमनका लागि आएको पुडासैनीको भनाइ छ। गत चैत्रमा उत्पादन भएको तेल ६ महिनासम्म खान उपयुक्त हुने भए पनि चौथो महिनामा परीक्षण गर्ने क्रममा गुणस्तरहिन देखिएको शाखा अधिकृत पुडासैनीले बताए।

उद्योग राष्ट्यि प्रजातन्त्र पार्टीका समानुपातिक सांसद राजकुमार अग्रवाल र व्यवसायी सन्दीप कुमार काडियाको हो। अनुगमन टोलीले शिवशक्ति घ्यूमा पनि मिसावट भएको भन्नेबारे जानकारी पाए पनि उद्योगीहरुले अवरोध गरेपछि घ्यूको प्लान्टमा अनुगमन गर्न सकेन्। उद्योगीले अनुगमनका लागि पुगेको टोलीलाई गेटमै रोक्ने प्रयास समेत गरेका थिए। अनुगमनका लागि विभागको टोली पुगेको सूचना पाएपछि आएका उद्योगीले विभागले रोक लगाउन दिएको निर्देशन पत्रसमेत बुझ्न मानेनन्।

‘हामीले तेल उत्पादन र बिक्री गर्न रोक लगाउन निर्देशन पत्र दियौँ तर उद्योगीले लिन मान्नुभएन’ पुडासैनीले भने ‘उहाँहरुले लिन नमाने पनि मौखिक रुपमा निर्देशन दिएका छौँ। उत्पादन र बिक्री भएमा कारबाही हुनेछ।’

उद्योगीले अनुगमनमा अवरोध पुर्‍याएपछि विभागको टोली राति हेटांैडा फर्किएको छ। अनुगमनका क्रममा स्थानीय प्रशासनले आवश्यक सहयोग नगर्दा सोचे अनुरुप अनुगमन हुन नसकेको पुडासैनीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.